७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

बीमा कम्पनीले संकलन गर्ने प्रिमियम रकम विकास निर्माणमा लगानी गर्नुपर्छः अध्यक्ष ढकाल

बीमा कम्पनीले संकलन गर्ने प्रिमियम रकम विकास निर्माणमा लगानी गर्नुपर्छः अध्यक्ष ढकाल
अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीहरुमा जम्मा भएको प्रिमियम रकम विकास निर्माणमा लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय बीमा कम्पनीहरुले बीमा प्रिमियममार्फत उठाएरको रकम बैंक तथा वित्तीय संस्थाहरुको मुद्धति खातामा ४ प्रतिशत ब्याजमा राख्ने गरेको बताउनु भयो ।

उहाँले बीमा कम्पनीहरुले बीमा प्रिमियमबाट उठेको रकम बैंकको मुद्धती निक्षेपमा राख्न नहुने बताउनु भयो । उहाँले बिमा प्राधिकरणले बीमा कम्पनीहरुले पूर्वाधार निर्माणमा केही प्रतिशत रकम अनिवार्य लगानी गर्ने सकुर्लर जारी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले बीमा कम्पनीहरुले बैंकको मुद्धति निक्षेपमा रकम राख्ने भन्दा पनि पूर्वाधार निर्माण,पर्यटन,जलविद्युत,उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्राधिकरणले बीमा कम्पनीका सञ्चालक र कार्यकारी प्रमुखलाई पारदर्शी बनाएर बीमा क्षेत्रको माइक्रोम्यानेजमेण्ट गर्न आवश्यक नभएको बताउनु भयो । उहाँले बीमा कम्पनीले संकलन गर्ने रकम विकास निर्माणमा लगानी गरे मुलुकको अर्थतन्त्रका ठूलो योगदान गर्नसक्ने बताउनु भयो । उहाँले पूर्वाधार निर्माण,आर्थिक गतिविधि,रोजगारी सिर्जना राजश्व बढाउने काम गर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ निर्जिवन तथा जीवन बिमाको फण्ड बीमा कम्पनीहरुले ३ देखि ४ प्रतिशतमा बैंक तथा वित्तीय संस्थाहरुमा मुद्धति निक्षेपमा राखेका छन् । पहिला ठिकै थियो । तर अहिले ब्याजदर घटेको छ । म आग्रह गर्दछु ।

नेपालमा पूर्वाधार निर्माण,पर्यटन,जलविद्युत,उत्पादनका क्षेत्रमा केही प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने सर्कुलर गर्नुपर्छ । त्यसले बीमा कम्पनीमा प्रिमियम मार्फत संकलन भएको रकम छ त्यो मुद्धति निक्षेपको रुपमा बैंकमा जानु हुँँदैन । बीमा कम्पनीका सञ्चालक र कार्यकारी प्रमुखलाई पारदर्शि बनाउनुपर्छ ।

बीमा प्राधिकरण माइक्रोम्यानेजमेण्ट गर्नुहुन्छ । बीमा कम्पनीलाई पारदर्शी बनाउनुस् । बीमा कम्पनी पारदर्शी भए नियमनकारी निकायले हेर्नु भन्दा राम्रो काम गर्छन् । बीमाले मुलुकको अर्थतन्त्रका ठूलो योगदान गर्नसक्छ । पूर्वाधार निर्माण,आर्थिक गतिविधि,रोजगारी सिर्जना राजश्व बढाउने काम गर्नसक्छ ।’

उहाँले सर्वसाधरणले बीमामा प्रिमियम बढी भएको गुनासो गरेको बताउनु भयो । उहाँले बीमा गर्दा प्रिमियम बढी तिर्ने तर बीमा गरेबापत लिनुपर्ने वास्तविक रकम दिन गाह्रो रहेकाले सहजिकरण गर्न आवश्यक रहेको बताउनु भयो ।