११ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरिखेत स्कुलको छात्रावास शिलान्यास



अ+ अ-

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको सरिखेतको सुर्योदय माध्यमिक विद्यालयको छात्रावास शिलान्यास गरिएको छ ।

बिहीवार मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले उक्त छात्रावास निर्माणको लागि भूमी पुजन गर्दै शिलान्यास गरेका हुन् ।

प्रमुख सचेतक बर्तौलाले उक्त विद्यालयको छात्रावास शिलान्यास गर्दै २ घण्टा भन्दा लामो समय हिडेर विद्यालय आउनु पर्ने बाध्यता न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।

उनले भने ‘मैले निर्वाचनको बेला सार्वजनिक शिक्षालाई सुधार गर्नको लागी ‘एक पालिका, एक आवासीय विद्यालय’ आवश्यक छ भनेको थिएँ । चालु वर्षमा राक्सिराङको सुर्योदय माध्यमिक विद्यालय र थाहा नगरको झम्केश्वरी माध्यमिक विद्यालयबाट छात्रावास निर्माण सुरु भएको छ ।’

शहरी विकास मन्त्रालय मार्फत बजेट व्यवस्था गरिएको उक्त विद्यालयको छात्रवास निर्माणका लागि सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबाट ठेक्का आह्वान भएको थियो ।

१ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको उक्त विद्यालयको छात्रवासका लागि सद्गुण निर्माण सेवा हेटौंडाले ६४ लाख ९२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ ।

आगामी २०८२ जेठ २६ गतेसम्म निर्माण सम्पन्न गर्ने गरि उक्त छात्रवासको निर्माण थालिएको हो ।