२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लस एन्जलस डढेलोः पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति



अ+ अ-

एजेन्सी । अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

डढेलो सहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा एक हजार ५०० भन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।

लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आफु मातहतका कर्मचारीहरू विपत्तिको परिमाण र गतिसँग जुधिरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले सक्दो प्रयास गरिरहेका छौं तर हामीसँग लस एन्जेलसका सबै विभागहरूमा यसलाई ह्यान्डल गर्न पर्याप्त अग्नि नियन्त्रकहरू छैनन् ।”

पासाडेनाका अग्नि नियन्त्रक चाड अगस्टिनका अनुसार आगलागीका कारण ५०० भन्दा बढी भवन नष्ट भएका छन् । उहाँले आगलागी नियन्त्रणका लागि जुटेका अग्नि नियन्त्रकको प्रशैसा गर्दै आगलागी भीषण रहेको र नियन्त्रणमा ल्याउन निकै कठिनाइ भएको उहाँले बताउनुभयो ।

अगस्टिनले पत्रकारहरूसँग भन्नुभयो, “उनीहरूको वीरतापूर्ण कार्यबिना आज आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या उल्लेखनीय रूपमा बढी हुने थियो।”

लस एन्जलस डिपार्टमेन्ट अफ वाटर एन्ड पावरका प्रमुख कार्यकारी जेनिस क्विनोनेसले प्यासिफिक पालिसडेसमा पानीका श्रोत ९हाइड्रेन्ट० सुकेपछि पानीको जथाभावी प्रयोग नगर्न र जोगाएर नियन्त्रण गर्न आग्रह गर्नुभएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत पानीको अभाव राज्यको वातावरणीय नीतिका कारण भएको दाबी गर्नुभएको छ ।

वास्तवमा, लस एन्जलसको अधिकांश पानी कोलोराडो नदीबाट आउँछ, र आवासीय प्रयोग वा फायर फाइटिंगको अलावा यसलाई खेतीमा सिँचाईका लागि प्रयोग गरिन्छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलो नियन्त्रणका लागि केन्द्रीय स्रोत र साधनसमेतको व्यवस्थापनमा ध्यान केन्द्रित गरिने बताउनुभएको छ । उहाँले यसै साता इटालीको लागि तय भएको आफ्नो भ्रमण रद्द गर्नुभएको छ । बाइडेनले भन्नुभयो, “हामी डढेलो नियन्त्रण गर्न जति सक्दो प्रयास गरिरहेका छौं ।”