३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दति खाता योजना

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दति खाता योजना
अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिक रुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले  ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ । 

‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाताबाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन, सहयोग पुर्याउने बैंकले जनाएको छ । 

एकलाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ । यो मुद्दति योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागिखोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकता अनुसार पटक पटक रकम थप गर्न पनि सकिने व्यवस्था छ । 

बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दति बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दशलाखभन्दा बढी रकमको मुद्दति खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ । 

यस योजनाअन्तर्गत मुद्दति खाताखोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ्ग शुल्कमा शतप्रतिशत छुट पाउनुहुनेछ भने निश्चित रकमसहित मुद्दति खाता खोल्ने प्रतिवद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइनेछ । यो मुद्दति खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशील्याउने र महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउने कुरामा पनि बैंक विश्वस्त रहेको छ । 

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवामा अतिरिक्त सुविधाहरु प्रदानगर्ने उद्देश्यले समय–समयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।