२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीर्ण बन्दै नख्खु करिडोर, सास्ती खेप्दै स्थानीय



अ+ अ-

काठमाडौँ । गत असोज महिनामा आएको बाढीका कारण भत्किएको नख्खु करिडोरको बाटो बन्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।

बाढीले भत्काएको बाटो बनाउन महानगरपालिकाले सामान्य पहल गरेपनि सहज रुपमा हिँड्न सक्ने अवस्थामा छैन । पानी पर्दा हिलो, नपर्दा धुलो उड्ने भएकाले सबैले दुःखले सडकको प्रयोग गरिरहेका छन् । धुलो मात्र होइन नख्खु खोलाबाट आउने दुर्गन्धले झनै असर गरेको स्थानीयहरु बताउँछन् । बाढीले क्षति गर्नुअघि रोडा, ढुंगा र बाटो बोक्ने टिप्परले दुःख दिएको स्थानीयले गुनासो गर्दथे । अहिले पनि टिप्परको आतंक जस्तै भएको गुनासो स्थानीयहरुले गर्न थालेका छन् ।

बाढीले क्षति गरेर जीर्ण बनेको सडकमा धेरै तौल बोक्ने टिप्पर निरन्तर दौडिँदा सडक झनै कमजोर बनेको स्थानीयहरु बताउँछन् । सडकबाट हिँड्नै नसक्ने भएपनि बाध्यताले हिँड्नु परिरहेको उनीहरुको गुनासो छ । सरकारले आवश्यक चासो नदिँदा स्थानीयहरुले मार खेपिरहेको उनीहरुको गुनासो छ । सरकारले आईतवारमात्रै विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट गत असोजमा काठमाडौं लगायतका क्षेत्रमा आएको बाढी, पहिरोको क्षतिको विस्तृत मूल्याङ्कन९डिडिए० गर्ने निर्णय गरेको छ । साथै डिडिए सम्पन्न भइसकेका क्षेत्रहरुमा सरकारले बनाएको मापदण्डअनुसार पुनर्निर्माणको काम तत्काल प्रारम्भ गर्ने निर्णय समेत गरेको छ । यद्यपी कहिलेसम्म पुनःनिर्माण सकिन्छ त्यो भने हेर्न बाँकी छ ।

बाढीले क्षति गरेको स्थानीयको बस्ती, बस्तीसम्म जाने बाटो सबै खराब छ । गत असोजको ११ गते रातिबाट परेको अविरव वर्षापछि आएको बाढीले नख्खु तटिय बस्ती डुबानमा परेको थियो । त्यसबाट खानेपानी, ढल, बिजुलीको पोल र बाटोमा गरेको क्षतिको अझै मर्मतसम्भार हुन सकेको छैन ।