१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय समितिको बैठक जारी



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि जारी रहेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन् ।

बैठकको पहिलो दिन आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

बाँकीले आज धारणा राखेपछि निष्कर्ष प्रस्तुत गरिने बताईएको छ ।