१५ श्रावण २०८३, शुक्रबार
,
Latest
देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्लान्ट’बाट निस्केको धुवाँले वातावरणमा असर



अ+ अ-

पथरी । ‘एसियन हाईवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ले वातावरणमा असर पु¥याएको स्थानीयवासी गुनासो गरेका छन् । प्लान्टबाट निस्किएको धुलो, धँुवा, दूषित पानी, विकार कच्चापदार्थ र आवाजले समुदायमा असर परेको जनाइएको छ ।

स्थानीयवासीसँग आठ वर्षका लागि जग्गा भाडामा लिएर निर्माणकम्पनीले प्लान्ट स्थापना गरेर हाईवे निर्माणको काम सुरु गरेको छ । स्थानीयसँगको सहकार्यबिना र पथरी शनिश्चरे नगरपालिकालाई जानकारी नगराई प्लान्ट स्थापना गरेर निर्माण सुरु गरेको स्थानीयले गुनासो गरेका हुन । कम्पनीले बस्तीभित्रै प्लान्ट राख्नाले घरभित्र धुलो पस्ने र बारीमा दूषित पानी, धुलो र धँुवापसी बाली नष्ट भएको स्थानीय भीम मगर बताउनुहुन्छ ।

प्लान्टबाट निस्किएको दूषित पानी र धुलो धँुवाका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन आधा घटेको उहाँको भनाइ छ । बस्तीभित्र रहेको प्लान्टका उपकरण र औँजारबाट रातको समयमा ध्वनी प्रदूषण, वायु प्रदूषण, जल प्रदूषण तथा एसियन हाईवे निर्माणमा खटिएका कर्मचारी र श्रमिकका लागि बनेको शौचालयले गाउँवासीलाई समास्या स्थानीय युवा जनक पोख्रेलले बताउँछन् ।

अझ उक्त स्थानमा प्लान्टसँगै अलकत्र पोल्ने मेसिन अस्फाल्ट प्लान्ट थपिने भएपछि जिरी खिम्तीबासीमा गाउँवासीमा समस्या भएकोे जनाइएको छ । प्लान्ट घर र उब्जाउयुक्त कृिष बालीसँग टाँसेर बनेको छ । यसका कारण समुदायमा प्रदूषण बढेर समस्या भएको डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि निरौलाको भनाइ छ । नगरले पटक–पटक स्थानीयको रायसहित प्लान्ट सञ्चालन गर्न मैखिक जानकारी गराए पनि कम्पनीले बेवस्था गरेको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत शशी राई बताउनुहुन्छ । रासस




भर्खरै