२४ पुष २०८१, बुधबार
,
Latest
बाक्लो हुस्सुका कारण  पूर्व–पश्चिम राजमार्ग अवरुद्ध नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन्ः पूर्वकानूनमन्त्री शर्मा राप्तीमा ४१ गोही छोडियो एलिट कपः गुल्शनको ५ विकेटमा १२९ रनमै रोकियो मधेस इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय बन्द त्रैमासिक समीक्षाः आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन नसक्ने अवस्था भयो: अध्यक्ष दाहाल बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्रीसमक्ष सम्पत्ति खोजबिन समितिद्वारा प्रतिवेदन पेस



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समिति, २०८१ ले आफ्नो प्रतिवेदन पेश गरेको छ ।

उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा शिक्षा मन्त्रालयमा मन्त्री भट्टराईसमक्ष सो प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

सो अवसरमा मन्त्री भट्टराईले प्रतिवेदन कार्यान्वयनका लागि स्थानीय सरोकारवाला, राजनीतिक नेतृत्व र विश्वविद्यालयको सक्रिय भूमिका आवश्यक पर्ने उल्लेख गर्दै प्रतिवेदन तयार गर्ने कार्यमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त प्रतिवेदन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलिलाई हस्तान्तरण गरिने मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

प्रतिवेदन मन्त्रिपरिषद्को गत असार २० गते बसेको बैठकको निर्णयानुसार गठित सो समितिले नेपाल संस्कृत विश्वविद्यालयको दाङ जिल्लाका विभिन्न स्थानमा अवस्थित जग्गा तथा भौतिक पूर्वाधारको स्थलगत अवलोकन, विश्वविद्यालय पदाधिकारी तथा कर्मचारीसँगको छलफल तथा अन्तरक्रिया एवं विभिन्न निकायसँगको समन्वयका आधारमा आवश्यक सूचना सङ्कलन गरी तयार पारिएको हो ।