२४ पुष २०८१, बुधबार
,
Latest
इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय बन्द त्रैमासिक समीक्षाः आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन नसक्ने अवस्था भयो: अध्यक्ष दाहाल बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध राजदूत तुम्बाहाम्फेबाट ओहदाको प्रमाणपत्र प्रस्तुत स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः दुईजना धरौटीमा रिहा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य’



अ+ अ-

धरान । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले) र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी भए पनि सरकारको स्थायित्वका लागि सत्ता सहकार्य गरिएको बताउनुभएको छ ।

कांग्रेस धरान उपमहानगर कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सहमतिअनुसार दुवै पार्टीले इमान्दार भएर काम गरिरहेको बताउनुभयो ।

“विगतमा र आगामी निर्वाचनमा पनि कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई राम्ररी थाहा छ । अहिलेको परिस्थिति र आवश्यकताअनुसार अहिलेको सरकार बनेको हो । त्यसैले परिणाम दिनेगरी सरकारले काम गरिरहेको छ । यसअघि पूरा हुननसकेका योजना सम्पन्न गर्ने, आर्थिक र विकास निर्माणका काममा गतिदिने गरी सरकार अगाडि बढेको छ”, उहाँले भन्नुभयो ।

कांग्रेस नेता सिंहले देश विकास र जनसेवालाई केन्द्रमा राखेर पार्टी नेता तथा कार्यकर्तालाई क्रियाशील हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्मा, पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा, सुनसरी सभापति श्याम पोख्रेल, क्षेत्रीय सभापति सुजेन्द्र तामाङलगायतको सहभागिता रहेको थियो । रासस