१५ श्रावण २०८३, शुक्रबार
,
Latest
देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ संगठनात्मक सिद्धान्त विकास गर्न माओवादी नेताहरुको सुझाव



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यहरुले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलालई सुझाव दिएका छन् ।

आईतवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकमा स्थायी कमिटी सदस्यहरुले यस्तो सुझाव दिएका हुन् ।

संगठनात्मक सिद्धान्तको बारेमा बैठकमा छलफल हुँदा अधिकांश सदस्यहरुले माओवादी संगठनात्मक सिद्धान्तलाई नै आधार बनाइ नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न जरुरी रहेको बताए । बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले युवाहरुलाई प्रशिक्षित र संगठित गर्नेबारेमा पनि सुझाव आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय समितिको बैठकमा अध्यक्षले अहिलेको समसामयिक, राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ । त्यसपछि प्रदेशका अध्यक्षहरुले सबै प्रदेशबाट रिपोर्टिङ गर्नु हुनेछ । त्यसपछि अध्यक्षले राजनीतिक प्रश्ताव पेश गर्नुहुनेछ । संगठनात्मक सिद्धान्तको बारेमा पनि छलफल भएको छ । आधारभुत रुपमा त हामीले माओवादी संगठनात्मक सिद्धान्तलाई नै आधार बनाउँछाँै । तर अहिले पनि पहिला विकास गरेको कुरामा आमुल परिवर्तन भएको छ । विज्ञान, प्रविधि लगायतका क्षेत्रमा, अन्य क्षेत्रमा पनि प्रविधिको विकास भइरहेको छ । युवाहरुलाई प्रशिक्षित गर्ने, संगठित गर्ने, यि विषयदेखि लगायत विज्ञान र प्रविधिको सबैकुरा विचार गर्दै नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ ।’

माओवादी केन्द्रको केन्द्रिय कमिटीको बैठक आज नै काठमाडौंको एक होटलमा बस्दैछ ।




भर्खरै