२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ संगठनात्मक सिद्धान्त विकास गर्न माओवादी नेताहरुको सुझाव



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यहरुले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलालई सुझाव दिएका छन् ।

आईतवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकमा स्थायी कमिटी सदस्यहरुले यस्तो सुझाव दिएका हुन् ।

संगठनात्मक सिद्धान्तको बारेमा बैठकमा छलफल हुँदा अधिकांश सदस्यहरुले माओवादी संगठनात्मक सिद्धान्तलाई नै आधार बनाइ नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न जरुरी रहेको बताए । बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले युवाहरुलाई प्रशिक्षित र संगठित गर्नेबारेमा पनि सुझाव आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय समितिको बैठकमा अध्यक्षले अहिलेको समसामयिक, राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ । त्यसपछि प्रदेशका अध्यक्षहरुले सबै प्रदेशबाट रिपोर्टिङ गर्नु हुनेछ । त्यसपछि अध्यक्षले राजनीतिक प्रश्ताव पेश गर्नुहुनेछ । संगठनात्मक सिद्धान्तको बारेमा पनि छलफल भएको छ । आधारभुत रुपमा त हामीले माओवादी संगठनात्मक सिद्धान्तलाई नै आधार बनाउँछाँै । तर अहिले पनि पहिला विकास गरेको कुरामा आमुल परिवर्तन भएको छ । विज्ञान, प्रविधि लगायतका क्षेत्रमा, अन्य क्षेत्रमा पनि प्रविधिको विकास भइरहेको छ । युवाहरुलाई प्रशिक्षित गर्ने, संगठित गर्ने, यि विषयदेखि लगायत विज्ञान र प्रविधिको सबैकुरा विचार गर्दै नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ ।’

माओवादी केन्द्रको केन्द्रिय कमिटीको बैठक आज नै काठमाडौंको एक होटलमा बस्दैछ ।