९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सपना सहकारीमा प्रज्वल थान्जुको अध्यक्षतामा नयाँ नेतृत्व

सपना सहकारीमा प्रज्वल थान्जुको अध्यक्षतामा नयाँ नेतृत्व
अ अ+ अ-

काठमाडौं: सपना बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार सम्पन्न २७औं साधारण सभाले प्रज्वल थान्जुको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ ।

यसैगरी संस्थाको उपाध्यक्षमा उमेशचन्द्र सापकोटा, कोषाध्यक्षमा मणिराज शाक्य, सचिवमा कमला लामा तामाङ, सदस्यहरुमा सुरेश शाक्य, डिभा डंगोल र रामप्रसाद श्रेष्ठ चयन हुनु भएको छ । लेखा सुपरीवेक्षण समित तर्फ चिरिञ्जीवि घिमिरे संयोजक तथा प्रदीप बहादुर प्रधान र राधिका खतिवडा सदस्यमा चुनिनु भएको छ ।

यसअघि सम्पन्न साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आ.व. २०८१–८२ को अनुमानित बजेट, लेखा तथा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन पारित गरेको थियो ।

संस्थाले आबद्ध सदस्यहरुको आर्थिक स्तरवृद्धिमा सघाउने, व्यापार व्यवसायमा लगानी बढाउन सदस्यहरुलाई प्रोत्साहन गर्ने, उत्पादनमूलक क्षेत्रमा सदस्यहरुलाई मद्दत गर्ने, सामूहिक जमानीमा लघुवित्त कर्जा लगानी गर्न प्रोत्साहित गर्ने तथा दैनिक निक्षेप बचत तथा अनिवार्य मासिक निक्षेपका लागि प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

त्यस अवसरमा शिवपुरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्रा युनिका गौतमलाई रु. १५ हजार राशिको छात्रवृत्ति प्रदान गरिएको थियो ।

आर्थिक वर्ष २०८०–८१ मा करिब १५ करोड निक्षेप परिचालन गरेको संस्थाले करिब रु. ११ करोड ४६ लाख बैंक तथा वित्तीय संस्था एवं व्यक्तिलाई कर्जा लगानी गरेको संस्थाले जनाएको छ ।