१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमण पूरा गरेर स्वदेश फर्कनुभएको छ । पश्चिम नेपालको भ्रमणकै क्रममा पूर्वराजा शाह यही पुस ७ गते आइतबार भारत जानुभएको थियो ।

पूर्वराजा शाहले भारतको लखनउमा विभिन्न धार्मिक स्थलहरुको भ्रमण गरी पूजा अर्चना गर्नुभएको थियो ।

लखनउमा रहँदा पूर्वराजा शाहले केही भेटवार्तासमेत गर्नुभएको बताइएको छ । उहाँ आज नेपालगन्ज फर्कनुभएको हो ।

यसअघि मंसिर २२ गते पूर्वराजा नेपालगञ्ज जानुभएको थियो । उहाँले बागेश्वरी मन्दिरमा पूजाआजा गर्नुभएको थियो ।

यसैगरी पूर्वराजा शाह बर्दियाको बाह्रबिगामा आयोजना भएको श्रीमद् भागवती धनधान्याञ्चल सप्ताह महायज्ञमा सहभागी हुनुभएको थियो ।
मंसिर २९ गते शनिबार तुल्सीपुरमा रहेको स्वर्गीय राजा वीरेन्द्र स्मृति पार्कमा पुग्नुका साथै घोराहीमा रहेको पाण्डभेश्वर मन्दिरमा पुगेर पूजाअर्चना गर्नुभएको थियो ।