४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिणाममुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयले आज आयोजना गरेको जिल्ला सुरक्षा समितिसँगको भर्चुअल बैठकमा गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रुपमा रहेको उल्लेख गर्दै सीमित स्रोतसाधनकाबीच गम्भीर भएर काम गर्न निर्देशन दिनुभयो ।

“अहिले चुनौतीका रुपमा देखापरेका तीनवटै विषय एकअर्कासँग सम्बन्धित छन्”, उहाँले भन्नुभयो, “त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस् ।” सीमामा हुने अपराध, चोरीसिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशिलताको नीति अपनाउन आग्रहसमेत उहाँले गर्नुभयो ।

मन्त्रालयले कानुनी, नीतिगत र संरचनात्मक सुधारका कामहरु अगाडि बढाएको उल्लेख गर्र्दै मन्त्री लेखकले सोहीअनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिनुभयो । “हामीसँग शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी छ”, उहाँले भन्नुभयो, “विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्तिसुरक्षा हुनैपर्छ ।”

गृहसचिव गोकर्णमणि दुवाडीले नतिजा देखिनेगरी काम गर्न निर्देशन दिनुभयो । उहाँले सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिँदै गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले विपद् व्यवस्थापनका लागि पूर्वतयारी प्रभावकारी बनाउन पनि निर्देशन दिनुभयो ।

“सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण हटाउने विषयमा जोड दिएर लाग्नुहोस्”, सचिव दुवाडीले भन्नुभयो, “जिम्मेवारी र दायरामा रहेर काम गर्नुपर्छ ।” भर्चुअल बैठकमा देशभरका प्रमुख जिल्लाअधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको सहभागिता थियो ।