२५ कार्तिक २०८२, मंगलवार
,
Latest
विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित काँग्रेस केन्द्रिय समितिको बैठक जारी (तस्बिरसहित) मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै सात दलका सांसदको धर्ना बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण रैथाने बाली संरक्षणमा प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुईको मृत्यु, १८ घाइते



अ+ अ-

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहीबार लस एन्जलसबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो । यसको कारण भने खुल्न सकेको छैन ।

फुलर्टन प्रहरीले एक्समा भनेको छ, “दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।”

यसका साथै १० जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्य आठ जनाको घटनास्थलमै उपचार गरिएको छ ।

एक प्रहरी अधिकारीले स्थानीय स्टेशन केटीएलएलाई बताएअनुसार मृतकहरू विमानका यात्रु हुन् वा उनीहरू विमान दुर्घटना भएको भवनमा काम गर्ने कामदार थिए भन्नेबारे तत्काल पुष्टि गर्न नसकिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

टेलिभिजन फुटेजमा भवनको छतमा प्वाल परेको र धुवाँ निस्केको देखिएको छ ।

“एक ठूलो आवाजसहित जहाज भवनमा ठाक्किँदा हामी तर्सियौँ र त्यसपछि भवनबाट भाग्न थाल्यौं,” घटनास्थलका प्रत्यक्षदर्शी मध्येका एक जेरोम क्रुजले सीबीएस न्यूजलाई बताउनुभयो ।

फेडरल एभिएसन एडमिनिस्ट्रेसन ९एफएए० का अनुसार उक्त विमान एकल इन्जिनमा निर्माण गरिएको आरभी–१० थियो, जुन चार सिट भएको सानो मोडेल थियो ।

गत नोभेम्बरमा फुलर्टन विमानस्थल नजिकै भएको अर्को दुर्घटनामा दुई जना घाइते भएका थिए ।