१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी

भर्चुअल रियालिटीमा छाउपडी प्रथा

भर्चुअल रियालिटीमा छाउपडी प्रथा
अ अ+ अ-

काठमाडौँ । सुदूरपश्चिमकी १३ वर्षे एक किशोरी पहिलो पटक महिनावारी भएपछि मनपर्ने गायकको साङ्गीतिक कार्यक्रममा जान पाइनन् । उनी आफैँ पनि गायनमा रुचि राख्ने भएकाले साङ्गीतिक कार्यक्रममा जानु उनका लागि ठूलो रहर थियो ।

महिनावारी भएपछि उनी छाउपडी प्रथाका कारण छाउगोठमा बस्न बाध्य भइन् । उनी एकाएक छाउगोठको अध्याँरो कोठामै सीमित भइन् । यसले उनलाई शारीरिकसँगै मानसिक रुपमा पनि विक्षिप्त भइन् ।

किशोरीले छाउगोठमा अनुभव गरेको मनोभावनालाई दुई नेपाली किशोरले भर्चुअल रियालिटी ९भिआर०मा उतार्ने भएका छन् । अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयमा अध्ययनरत यी दुई विद्यार्थीले ‘एक गोठभित्रको आवाज’ शीर्षकमा चलचित्र निर्माण गर्न लागेका हुन् ।

“चलचित्रमा छाउगोठमा ती किशोरीले भोेगेको शारीरिक र मानसिक सङ्घर्षलाई देखाउँदै महिनावारीसँग सम्बन्धित सामाजिक कुरीतिबाट महिलाले भोग्नुपर्ने दुःख र पीडालाई उजागर हाम्रो विश्वास छ”, प्रशन्न सुवेदीले भन्नुभयो । सुवेदी ड्रेक्सेल विश्वविद्यालयमा फिल्म स्टडिजमा चौथौँ वर्षका विद्यार्थी हुनुहुन्छ । उहाँले विश्वविद्यालयका ‘प्रोजेक्ट वर्क’का रुपमा ड्रेक्सेलको वेस्टफाल कलेज अफ मिडिया आट्र्स एन्ड डिजाइनका विद्यार्थी प्रसिन श्रेष्ठसँग उक्त चलचित्र बनाउने निर्णय गरेका हुन् । हालै चलचित्रको कार्यकारी निर्माताका रुपमा अभिनेत्री सुरक्षा पन्त पनि जोडिनुभएको छ ।

कलेजका साथीहरु हेमन्ता अधिकारीलाई लेखन र मेधावी पण्डित कथावाचकको जिम्मेवारी दिइएको छ । अमेरिकाका क्रिस सेल ध्वनी डिजाइनर छन् भने फोली आर्टिस्ट, म्याथु लेसी र भियतनामका टिन टा ‘कन्सेप्ट आर्टिस्ट’का रुपमा जोडिएका छन् । नेपालकै उत्सव चौधरी भिआर परामर्शदाताका रुपमा काम गरिरहेका छन् ।

सुवेदी भैरहवामा जन्मेर काठमाडौँमा हुर्केका हुन् भने श्रेष्ठ काठमाडौँमा जन्मे हुर्केका हुन् । सुवेदी र श्रेष्ठले आफ्नो बाल्यकालमा छाउपडीको कुनै न कुनै रूपमा अभ्यास गरेको देखेका थिए । ठाउँ समाजमा महिनावारीको समयमा महिलाले पानी नछुने, खाना नपकाउने वा कुनै पुरुष आफन्तलाई नछुनेजस्ता अभ्यास उनीहरुले पनि बुझेका थिए ।

यस चलचित्रले मुख्य उद्देश्य छाउपडी प्रथाका कारण महिलाहरूले भोग्ने सामाजिक अपमान, हिंसा, र अन्यायलाई दर्शकहरूमाझ जीवन्त रूपमा प्रस्तुत गर्नु हो । आधुनिक प्रविधिको प्रयोगबाट महिलामाथिको शारीरिक, मानसिक र सामाजिक विभेदबारे जनचेतना फैलाउने यो परियोजना महिला अधिकार, प्रजनन स्वास्थ्य र लैङ्गिक समानताका लागि सशक्त कदम भएका सुवेदीको भनाइ छ ।

भर्चुअल रियालिटी (भिआर) प्रविधिको प्रयोगगरी दर्शकलाई छाउगोठभित्रको साँघुरो, अँध्यारो र असुरक्षित वातावरणको अनुभव गराउने लक्ष्य फिल्मले लिएको छ । “भिआर हेडसेट लगाएर दर्शकले तीन किशोरी पात्र बनेर छाउगोठको वातावरण महसुस गर्न सक्नेछन् । यो प्रविधिले परम्परागत ‘टुडी’ फिल्मभन्दा फरक अनुभव प्रदान गर्नेछ । भिआर प्रविधिले दर्शकलाई चारैतिरबाट दृश्य र आवाज अनुभव गर्नसक्ने बनाउँछ, जसले कथा अझ प्रभावकारी र वास्तविक बनाउँछ”, प्रसिन श्रेष्ठले भन्नुभयो ।

चलचित्र वास्तविक घटनामा आधारित भई निर्माण गरिएकाले ग्रामीण जीवनका वास्तविक दृश्यहरू पनि समेटिनेछ । निर्देशक सुवेदीले भन्नुभयो, “भिआर प्रविधिले केबल कथा मात्रै देखाउँदैन, दर्शकलाई प्रत्यक्ष रूपमा घटनामा सहभागी गराउँछ । यसले सामाजिक अन्यायको अनुभवलाई अझ सजीव बनाउँछ ।”

फिल्म निर्माणका लागि सुवेदी र श्रेष्ठको टोलीले नेपालका सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा पुगेर अध्ययन समेत गरिसकेका छन् । उनीहरूले कैलाली र डोटीका गाउँहरूमा एक हप्ता बिताएर छाउपडी प्रथाको वास्तविकता नजिकबाट बुझेको बताए । उनीहरुले मोहन्याल गाउँपालिका सोल्टा र बडिगाउँलगायतका क्षेत्रमा स्थानीय महिलाका साथै सदायका अगुवा र स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरिसकेका छन् ।

उनीहरुले राष्ट्रिय माध्यामिक विद्यालय श्रीपुर पाल्सा र त्रिवेणी माध्यामिक विद्यालय बडिगाउँका शिक्षक तथा विद्यार्थीसँग अन्तरक्रियाकै गर्नुका साथै एक जना शिक्षकको समन्वयमा काम गरिरहेका छन् ।

टोलीले छाउपडीप्रथासँग जोडिएको स्थानीय भाषा, संस्कृति, र सङ्गीतलाई पनि चलचित्रमा समावेश गरेको छ । कैलालीको मोहन्याल गाउँपालिकामा पुगेको टोलीले देउडा भाका र ग्रामीण जनजीवनलाई उतार्ने प्रयास गरिएको जनाइएको छ ।

नेपालमा छाउपडी प्रथा कानुनतः प्रतिबन्धित छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार, छाउपडीजस्तो प्रथामा संलग्न हुनेलाई तीन महिना कैद वा रू तीन हजारसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ ।

कानुनी व्यवस्था भएका बाबजुद छाउपडी प्रथा अझै भेगहरूमा गहिरो रूपमा प्रचलित छ । अशुद्ध मान्ने परम्पराका कारण उनीहरूलाई घरबाहिरका असुरक्षित झुपडीमा बस्न बाध्य पारिन्छ । यस्तो प्रथाले महिलालाई जनावरको आक्रमण, शारीरिक र मानसिक हिंसा, तथा स्वास्थ्य जोखिमको उच्च सम्भावनामा पार्छ ।

चलचित्र निर्माणका लागि करिब २० हजार अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यसमध्ये ड्रेक्सेल विश्वविद्यालयले चार हजार अमेरिकी डलर सहयोग गरेको छ भने ‘गो फन्ड मी’ अभियानबाट हालसम्म करिब दुई हजार डलर सङ्कलन गरिएको छ । निर्माण टोली थप आर्थिक स्रोत जुटाउन काम गरिरहेको छ ।

चलचित्रलाई विद्यालय, स्वास्थ्य सम्मेलन, र फिल्म महोत्सवहरूमा प्रदर्शन गरी महिला अधिकार, प्रजनन स्वास्थ्य, र लैङ्गिक समानताको सन्देश फैलाउने योजना निर्माण टोलीको छ । चलचित्रको भिआर संस्करण मेटाक्वेस्ट एपमा निःशुल्क उपलब्ध हुनेछ भने ‘नन–इन्टरएक्टिभ’ संस्करण युट्युब र अन्य प्लेटफर्महरूमा हेर्न सकिनेछ ।