१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.54

Humidity: 62

Latest
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’ रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन प्रधानमन्त्री ओली थाइल्यान्डमा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’ कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य हुनुपर्छः शिक्षामन्त्री भट्टराई



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्नेगरी विधेयक ल्याउनुपर्ने बताउनु भयो । उहाँले अब विश्वविद्यालय कस्तो हुने? भन्ने किसिमको निर्धारण हुनेगरी विधेयक बनाउनुपर्ने बताउनु भयो । उहाँले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरुको अन्त्य गर्नुपर्ने गरी ऐन ल्याउनुपर्ने बताउनु भयो । अहिलेको ड्राफ्टमा नआएको भएपनि समितिले छलफल गरेर अघि बढाउनसक्ने बताउनु भयो ।

शिक्षामन्त्री भट्टराईले भन्नुभयो, ‘विश्वविद्यालयभित्र भएको अहिलेको जुन खालको एउटा दलीय प्रभाव छ, त्यो प्रभावलाई, त्यो दबाबलाई अन्त्य गर्नेगरी यो ऐन बनाउने कुरामा सोचौँ भन्छु म । किनभने केही न केही ऐनमा व्याख्या ग¥यो भने जस्तो हामीले नेपाल विश्वविद्यालयमा शिक्षाविद् भनेको को हो ? भन्नेकुराको परिभाषा ग¥यौँ । अहिले हामीलाई शिक्षाविद् खोज्नुप¥यो भने नेपाल विश्वविद्यालयको ऐन हेर्दा पुग्यो । त्यो ऐनमा जे लेखेको छ, त्यसको आधारमा शिक्षाविद्को परिभाषा गर्नसक्छौँ । विश्वविद्यालयको ऐन किन स्वायत्त छ भन्दा उसको परिभाषालाई अरु ऐनमा पनि हामी धेरै कुराहरु परिभाषित गर्नसक्छौँ । यसकारण स्वायत्त मान्छौँ हामी । अब विश्वविद्यालय कस्तो हुने ? त्यहाँ हुने जस्ता खालका गतिविधिहरु छन्, खासगरी म त त्यसलाई राजनीतिक भन्दिन, अराजनीतिक गतिविधिहरु छन्, त्यो अराजनीतिक गतिविधिलाई अन्त्य गर्ने हो भने विश्वविद्यालयको स्टाटस के हो त ? कस्तो हुनुपर्छ भन्नेकुरा यो ऐनमा व्याख्या गरौँ । जुन कुरा यो ड्राफ्टमा आएको छैन । त्यसको लागि समितिलाई म अनुरोध गर्न चाहन्छु ।’

मन्त्री भट्टराईले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरुको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।