१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

सन् २०२५ मा विश्वका लागि ध्यान केन्द्रित गर्न चीन कटिबद्ध

सन् २०२५ मा विश्वका लागि ध्यान केन्द्रित गर्न चीन कटिबद्ध
अ अ+ अ-

काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दा आउनसक्ने सम्भावित व्यापार उथलपुथलका लागि बेइजिङले आफूलाई बलियो बनाइरहेको र सन् २०२५ मा आफ्नो अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’ रहेको । चिनियाँ आर्थिक योजनामामिला हेर्ने एक उच्च अधिकारीले बताउनुभएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले कोभिड–१९ महामारीपछि आर्थिक वृद्धिलाई पुनरुत्थान गर्न सङ्घर्ष गरिरहेको छ । चीन महत्वपूर्ण आवास क्षेत्रमा ऋण सङ्कट, लामो समयदेखि कम खपत र उच्च युवा बेरोजगारीको चपेटामा परेको छ ।

आफ्नो पहिलो कार्यकालमा व्यापक व्यापार युद्धका क्रममा चिनियाँ आयातमा कर वृद्धि गरेका ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गरेपछि अमेरिकी राष्ट्रपतिका रूपमा उहाँले चीन लगायतमुलुकबाट हुने आयातित सामानहरूमा कर वृद्धि गर्नसक्ने सम्भावनाबारे विश्व समुदायबीच चर्चा चलिरहेका समय शुक्रबार चीनको शीर्ष योजना निकाय राष्ट्रिय विकास तथा सुधार आयोग ९एनडीआरसी० का अधिकारीहरूले भने, “बाह्य वातावरण जनवरी २० तर जस्तोसुकै परिवर्तन भएपनि चीनको दृढता र बाहिरी संसारका लागि आफुलाई खुला राख्ने कार्यहरू अपरिवर्तित रहनेछन्।”

“नयाँ वर्षमा हामी निश्चित रूपमा प्रणालीगत खुलापनलाई निरन्तर विस्तार गर्ने र बजारीकरण, कानूनको शासनअन्तर्गत र अन्तर्राष्ट्रियकरण हुने व्यावसायिक वातावरण निर्माण गर्ने धेरै नयाँ उपायहरूको अवलम्बन गर्नेछौँ,” एनडिआरसीका उपनिर्देशक झाओ चेनसिनले शुक्रबार एक पत्रकार सम्मेलनमा भन्नुभयो ।

चीनले ‘उन्नत उत्पादन, आधुनिक सेवा, उच्च प्रविधि, ऊर्जा बचत र वातावरण संरक्षण’ मा ठूलो विदेशी लगानीलाई प्रोत्साहित गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

उच्च–प्रविधि नवीनताका यस्ता क्षेत्रहरूको वरिपरि अर्थव्यवस्थालाई पुनर्निर्देशित गर्न चिनियाँ अधिकारी इच्छुक छन् । विगतको डबल–डिजिटको ‘सबै लागतमा वृद्धि’ लाई पछि छोडेर हरित ऊर्जा क्षेत्रलगायत आवश्यक क्षेत्रमा लगानी गर्न चीन तयार छ ।

झाओले शुक्रबार भन्नुभयो, “चीनको वायु र सौर्य ऊर्जाको स्थापित क्षमता संयुक्त रूपमा १।३१ अर्ब किलोवाट पुगेको छ र यो गत वर्षको कूल विद्युत उत्पादन क्षमताको ४०।५ प्रतिशत हो । सन् २०२३ मा यसपूकारको विद्युत उत्पादन क्षमता ३६ प्रतिशत थिया ।”

केही तथ्याङ्कले प्रमुख वृद्ध जनसङ्ख्याजस्ता अर्थतन्त्रका लागि दीर्घकालीन चुनौतीको सङ्केत गरेका छन् ।

झाओका अनुसार सन् २०२४ मा देशको कुल बालस्याहार सेवा प्रदायकको सङ्ख्या एक लाख पुगेको छ भने वृद्धवृद्धाको हेरचाह गर्ने सुविधाको सङ्ख्या चार लाख १० हजार पुगेको छ ।