५ श्रावण २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि आफूले एउटै कुरा गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्लो कार्यकालमा भ्रष्टाचारको बिरुद्ध,सामाजिक विभेदको बिरुद्ध र सुशासनको पक्षमा इमान्दारितापूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको जिकिर गर्नुभयो । उहाँले आफू भावुक रहेको र आफ्नो निष्ठा सफा रहेको बताउनु भयो । उहाँले एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्नेकुरामा आफू सहमत रहेको बताउनु भयो ।

‘सरकारमा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा अर्जुनजीले पनि भन्नुभयो, महेशजीले पनि त्यसलाई अलिकति संकेत गर्नुभयो । म के भन्न चाहन्छु भने मैले कम्तिमा पनि पछिल्लो कार्यकाल मैले भ्रष्टाचारका बिरुद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका बिरुद्ध, सामाजिक न्यायको पक्षमा आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक गरेँ । मैले सरकारमा हुँदा जे बोलेको थिएँ, जे गरेको थिएँ, अहिले बाहिर आउँदा पनि मैले त्यही बोलेको छु भन्ने मेरो विश्वास छ । कहिले कहीँ शब्द तलमाथि पर्नसक्छ,किनभने म अलि भावुक छु भन्ने नेपाली समाजले बुझिसकेको छ । तर मेरो नियत र निष्ठा सफा छ भन्नेकुरा अब बिस्तारै जनताले र सबै साथीले बुझ्दै जानुभएको छ । मैले अहिले पनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा हामी राम्रोसँग जानुपर्छ भन्नेकुरा मा दुईमत छैन । एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्नेकुरा पनि साँचो हो । तर जहाँ भ्रष्टाचार भएको छ, समाजले मानेको छ, सदनमा प्रश्न उठेका छन् गम्भीर ढंगले जनताले हेर्न चाहेका छन् इमान्दारिताका साथ अनुसन्धानमा लाग्न जरुरी छ । सहमति त्यसको निम्तिहुनुपर्छ ।’

अध्यक्ष दाहालले स्वच्छ, निष्पक्ष पत्रकारिताका लागि पत्रकार महासंघले खबरदारी गर्नुपर्ने बताउनु भयो ।