२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल गायक सचिन परियारको निधन



अ+ अ-

काठमाडौँ । एक समय सामाजिक सञ्जालमार्फत ‘भाइरल’ बनेका बाल गायक सचिन परियारको निधन भएको छ ।

स्वास्थ्यमा जटिल समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको आज बिहान करिब १० बजे निधन भएको उनका बुबा तेजेन्द्र परियारले जानकारी दिएका छन् ।

एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारले ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गायका थिए । जुन चर्चित समेत भएको छ । उनी लाइभ लोकदोहोरी गाएर समेत चर्चामा आएका थिए ।

राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका परियार केही समय हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ पनि देखिएका थिए ।

गुल्मीका सचिन केही समय सामाजिक सञ्जालको हरेक प्लेटफर्ममा हिट भए । उनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा खेलाउनेको लाइन नै लागेको थियो । पहिलो पटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो ।