५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी



अ+ अ-

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ ।

सत्तारुढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाका अनुसार अधिवेशन बोलाउनेबारे सरकारले आन्तरिक तयारी गरिरहेको छ ।

बर्तौलाले भने, ‘हिउँदे अधिवेशन बोलाउने तयारीमा सरकार छ । पुसको अन्तिमसम्ममा बोलाउनेगरी छलफल अघि बढेको छ ।’

यस्तै, आगामी अधिवेशनबाट संसदमा विचाराधीन विधेयकहरूलाई टुंगोमा पुर्याउनेगरी छलफल अघि बढाइएको पनि बर्तौलाले जानकारी दिए ।

विपक्षी दलहरूले सरकारले संसद अधिवेशन नबोलाएको भन्दै विशेष अधिवेशन बोलाउने चेतावनी समेत दिँदै आइरहेका छन् ।