एजेन्सी । एक बलमा १५ रन… क्रिकेटमा यस्तो विरलै हुन्छ, जब एक बलमा १५ रन बनाइन्छ । तर, यो वर्षको अन्तिम दिन डिसेम्बर ३१ मंगलबार पनि यस्तै भयो ।
जब बंगलादेश प्रिमियर लिगको तेस्रो खेलमा खुल्ना टाइगर्सका बलर ओशान थोमसले एक बलमा १५ रन खर्चिए ।
खेलमा खुल्ना टाइगर्स र चिट्टागंग किंग्सबीच प्रतिस्पर्धा भएको थियो । पहिलो ओभरमा वेस्ट इन्डिजका थोमसले यो ओभरमा १८ रन दिए । तर, खेल खुल्ना टाइगर्सले ३७ रनले जित्यो ।
एक बलमा १५ रन कसरी बन्यो ?
चिट्टागंग किंग्सले २०४ रनको लक्ष्य पछ्याएको थियो । कप्तान मेहदी हसन मिराजले ओशाने थोमसलाई नयाँ बल दिएर पहिलो ओभर बलिङ गर्ने जिम्मेवारी दिए ।
थोमसको पहिलो बल नो बल थियो तर च्यालेन्जर्सका ओपनर मोहम्मद नसिम इस्लामले फ्रि हिटमा कुनै रन बनाउन सकेनन् ।
थोमसले दोस्रो बल पनि नो बल गरे जसमा नसिमले छक्का प्रहार गरे । नसिमले फ्रि–हिटको मौका पाए, तर थोमसले लगातार दुई वाइड बल गरे । यसपछि नसिमले चौका प्रहार गरे तर अम्पायरले फेरि नो बल भने । थोमसले दुई बल पनि पूरा गर्न सकेनन् र चिट्टागंग किंग्सको स्कोर १५ रन पुगेको थियो । थोमसले पहिलो ओभरमा १२ बल फ्याँके । उनले नइम इस्लामलाई आउट पनि गरे ।
खुल्ना टाइगर्स ३७ रनले विजयी
टस हारेर ब्याटिङ गरेको खुल्ना टाइगर्सले २०३–३ को ठूलो स्कोर बनाएको थियो । जवाफमा चिट्टागंग किंग्सले १६६ रनमात्रै बनाउन सक्यो । मिराजको टोली ३७ रनले विजयी भयो । शमीम हुसेनले सर्वाधिक ७७ रन बनाए । खुल्ना टाइगर्सका लागि अबु हैदर रोनीले ४ विकेट लिए भने मोहम्मद नवाजले २ विकेट लिए ।