काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
उपमहानगर पालिकाको गेट अगाडी घुम्ती पसल छेउमा कालो झोलामा तार सहितको शङ्कास्पद बस्तु फेला परेको छ ।
शंकास्पद वस्तु निष्क्रिय बनाउनका लागि नेपाली सेनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी गराएको छ ।