६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले हरायो



Australian players celebrates the wicket of India’s Rishabh Pant during play on the last day of the fourth cricket test between Australia and India at the Melbourne Cricket Ground, Melbourne, Australia, Monday, Dec. 30, 2024. (AP Photo/Asanka Brendon Ratnayake)
अ+ अ-

एजेन्सी । बोर्डर-गावस्कर ट्रफि अन्तर्गतको चौथो टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले हराएको छ । अस्ट्रेलियाले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको भारत पाँचौं दिनको चिया समयपछि १ सय ५५ रन बनाउँदा अलआउट भयो ।

भारतका यशस्वी जयसवालले सबैभन्दा धेरै ८४ रन बनाए । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले ३/३ विकेट लिए ।

यसअघि मेलबर्नमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो पारीमा ४ सय ७४ रन बनाएको थियो । यस्तै भारतले पहिलो पारीमा ३ सय ६९ रन बनाएको थियो । मेलबर्नमा भारतले टेस्ट क्रिकेटमा १३ वर्षपछि हार बेहोरेको हो । यसअघि सन् २०११ मा भारतले मेलबर्नमा हारेको थियो ।

यो जीतसँगै घरेलु टोली अस्ट्रेलियाले पाँच खेलको शृङ्खलामा २–१ ले अग्रता लिएको छ । शृङ्खलाको पाँचौं तथा अन्तिम खेल आउँदो शुक्रवारदेखि सिड्नीमा शुरू हुनेछ ।