१९ पुष २०८१, शुक्रबार
,
Latest
महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ : प्रधानमन्त्री सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौँ महानगर पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल जनशक्ति अभावका कारण नेपालले कोप–२९ मा ६८ वटा विषयगत बैठक गुमाउनुपर्योः सचिव खराल क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुईको मृत्यु, १८ घाइते स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन टीकापुरमा चिसो बढेपछि दाउरा वितरण भर्चुअल रियालिटीमा छाउपडी प्रथा स्थानीय तहमा पुगेका बैंकहरुले गरेको कामको परिणाम चित्तबुझ्दो छैनः उद्योगमन्त्री भण्डारी राखेप बोर्ड सदस्यहरुद्वारा सपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिकामा कार्यक्रम



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय मेलमिलापको नीति विकास राजनीति र समाज रुपान्तरणमा सधै सहयोगी हुने बताउनुभयो । उहाँले मुलुक समृद्धिका लागि विदेशमा आर्जन गरेको सीप, पुँजी र प्राविधिको आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।

त्यसअवसरमा अमेरिकामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुको नेपाली नगरिकता सम्बन्धमा प्रष्ट नीति नेपाल सरकारबाट आउनुपर्ने माग गरेको कांग्रेस कार्यालयले जनाएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको सभापतित्वमा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समीरजङ्ग शाह, कांग्रेस महासमिति सदस्य कान्छा लामालगायतले प्रवासी नेपालीहरुको नगरिकताका साथै अन्य समस्या उठान गर्दै समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।