१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक महाशक्ति राष्ट्रहरुको रणनीतिक क्रिडास्थल बन्ने खतरा: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक महाशक्ति राष्ट्रहरुको रणनीतिक क्रिडास्थल बन्ने खतरा रहेको टिप्पणी गरेका छन् ।

स्वर्गीय राजा बिरेन्द्रको बहुआयामिक ब्यक्तित्व बिषयक बिचार गोष्ठीमा बोल्दै थापाले देशको सबै क्षेत्र लथालिङ्ग र भताभुङ्ग भएको यस्तो दुराबस्थाको फाईदा उठाउदै बिदेशी दबाब र प्रभाब बढ्न थालेको समेत बताए । लोकतन्त्रको आबरणमा ब्रम्हलुट भईरहेको चर्चा गर्दै थापाले आर्थिक सड्ढट , भ्रष्टाचार , बेरोजगारी ,धर्म परिबर्तन लगायतको बिषय अहिलेको डरलाग्दो महारोग बनेको समेत बताए । राष्ट्रबादी शक्तिहरु एकजुट भएर ब्यबस्था र अबस्था बदल्न लाग्नुपर्नेमा उनको जोड थियो ।

सो अबसरमा नेकपा मालेका महासचिव सिपि मैनालिले देश जोगाउन राष्ट्रियताको संरक्षण गर्न अब सबै बिउझुनुपर्ने बताए । मैनालिले स्वार्थको लागी बिदेशी हैकम सहनेहरु राष्ट्रबादी देशभक्त हुन नसक्ने बताए ।

कार्यक्रममा राप्रपाका नेता हरिबहादुर बस्नेत , पुर्बमन्त्री दिपक ज्ञवालिले स्वर्गीय राजा बिरेन्द्रको ब्यक्तित्वको बारेमा चर्चा गरेका थिय । राप्रपा नेपालको राजनीतिक बिभागद्वारा आयोजित कार्यक्रममा डाक्टर बिष्णु भण्डारी , भास्कर भद्रा , अमर केसि, रिता माझी लगायतले बोलेका थिए ।