१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

महोत्सवले गुलजार पोखरा,पर्यटकीय गतिविधि चलायनमान

महोत्सवले गुलजार पोखरा,पर्यटकीय गतिविधि चलायनमान
अ अ+ अ-

पोखरा । अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा गुलजार बनेको छ । जल, जमिन र आकाश लक्षित महोत्सवले स्वदेशी र विदेशी पर्यटक आकर्षित मात्रै गरेको छैन, यहाँको पर्यटकीय गतिविधि चलायनमान बनाएको छ ।

हाल यहाँ २६औँ संस्करणको सडक महोत्सव, बिवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव र दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस चलिरहेका छन् । क्रिसमस सकिएर नयाँ वर्षको रौनक सुरु भइसकेको पर्यटन राजधानी पोखरामा महोत्सवले थप गतिविधि बढाएका छन् । महोत्सवले पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विश्वसामु चिनाउन थप भूमिका खेल्ने विश्वास गरिएको छ ।

रेस्टुरेन्ट एन्ड बार एशोसिएशन ९रेवान० पोखराले सन् १९९८ मा सुरु गरेको पोखरा सडक महोत्सव अहिले पोखराको ब्राण्डनै बनेको छ “सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ” भन्ने नारालाई जीवन्त बनाउँदै महोत्सवले हजारौँ पर्यटकलाई आकर्षित गरेको छ । लेकसाइडको तीन किलोमिटर क्षेत्र साङ्गीतिक कार्यक्रम, मौलिक झाँकी, वेषभूषा प्रदर्शनी र अन्तर्राष्ट्रिय खानाको प्रदर्शनीले भरिएको छ ।

महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई पोखराको सांस्कृतिक र प्राकृतिक सौन्दर्यसँग परिचित गराउनुका साथै स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पु¥याएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल बताउनुभयो । उहाँका अनुसार यो महोत्सव नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय मानचित्रमा स्थापित गर्ने महत्वपूर्ण माध्यम हो । महोत्सवमा कृषि उत्पादन, हस्तकला, र वनस्पतिको प्रदर्शनी विशेष आकर्षण बनेको छ ।

स्थानीय किसान, व्यवसायी, र कलाकारले आफ्नो उत्पादन प्रदर्शन गर्दै नयाँ बजारको पहुँच पाएका छन् । विभिन्न जातजातिका परम्परा, साङ्गीतिक झाँकी र कला प्रदर्शनी प्रस्तुत गरेर सांस्कृतिक विविधतालाई उजागर गर्दै आएको महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको संयोजक विकास भट्टराईको भनाइ छ ।

पहिलो पटक आयोजना गरिएको बीवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटकीय महत्वलाई अझै उचाइमा पु¥याइएको छ । फेवातालको शिरानमा सुरु भइरहेको यो महोत्सवमा नेपालसहित १५ देशका पाइलटले सहभागिता जनाएका छन् । रङ्गिन र विभिन्न आकार र डिजाइनका १७ वटा भव्य बेलुन आकाशमा उडिरहँदा आकाश शृङ्गारिएको छ भने तालमा देखिने सुन्दर दृश्य अवर्णित छन् ।

पर्यटकले आकाशबाट हिमालय शङ्खला, हरियाली र फेवातालको सौन्दर्यको अनुभव गर्दै पोखरालाई नयाँ दृष्टिकोणबाट नियाल्न सकेको पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुहुन्छ । “यो महोत्सवले पर्यटकको बसाइँ लम्ब्याउने मात्र नभइ अन्तर्राष्ट्रिय मिडियामासमेत ध्यानाकर्षण गरेको छ”, पहारीले भन्नुभयो, “यो महोत्सवले पोखरालाई साहसिक र मनोरञ्जनात्मक गतिविधिको आकर्षक गन्तव्यका रूपमा स्थापित गरेको छ ।” बेलुन महोत्सव, ड्रागन बोट रेस र सडक महोत्सवले पोखराको पर्यटकीय महत्वलाई नयाँ उचाइमा पु¥याउँदै पर्यटनमा नयाँ आयाम थपेको उहाँको भनाइ छ ।

बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेका अनुसार बेलुन महोत्सवले मनोरञ्जन मात्र होइन, साहसिक पर्यटनको नयाँ ढोका खोल्दै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रविन्दु बनाउने प्रयास गरिरहेको छ ।

आजदेखि फेवातालमा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसले पोखरामा पर्यटनमा रौनक थपेको छ । नेपाल, चीन, र सिङ्गापुरका २० टोलीबीचको यो प्रतिस्पर्धाले खेलकुद र पर्यटनलाई जोड्ने कार्य गरिरहेको छ ।

बेलुन नेपाल प्रालिका बीबी ढकालले नेपालको हट एयर बेलुनले अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा पाएको उल्लेख गर्नुभयो । “महोत्सवबारे अन्तर्राष्ट्रिय अखबारले पहिलो पृष्ठमै तस्बिर प्रकाशित गरेका छन्, यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा यसले ठूलो सहयोग पुगेको हाम्रो विश्वास छ ।”

पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, र नेपालस्थित चिनियाँ दूतावासको सहकार्यमा आयोजित महोत्सवले फेवाताललाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा चिनाउने विश्वास लिइएको छ ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले महोत्सवले साहसिक गतिविधिमा पोखराको भूमिका विस्तार गर्न यस महोत्सवले सघाउने विश्वास व्यक्त गर्नुभयो । “ड्रागन बोट रेसको रोमाञ्चकता, बेलुन महोत्सवको साहसिकता, र सडक महोत्सवको सांस्कृतिक झल्कोले पोखरालाई त्रिकोणीय महोत्सवको उत्कृष्ट उदाहरण बनाएको छ ।”

त्रिकोणीय महोत्सवले पोखराको सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, स्थानीय उत्पादनलाई उजागर गर्दै अर्थतन्त्र र पर्यटनमा दीर्घकालीन योगदान पु¥याउने सफल हुने उहाँको विश्वास छ । पर्यटकीय राजधानी पोखरामा अहिले भइरहेका महोत्सवले साहसिक पर्यटनको सम्भावना र नेपाली पर्यटनको उज्ज्वल भविष्यप्रति सकारात्मक सङ्केत गरेको र दीर्घकालीन पर्यटनमा पनि प्रभाव पार्ने उहाँको बुझाइ छ ।

प्रदेशसभा सदस्यसमेत रहनुभएकी पर्यटन व्यवसायी देवका पहारीले त्रिकोणीय महोत्सव सडक महोत्सव, बेलुन महोत्सव र ड्रागन बोट रेस पोखराको पर्यटनलाई नयाँ ऊर्जा र पहिचान प्रदान गर्ने महत्वपूर्ण माध्यम बनेको बताउनुभयो ।

“यी गतिविधिले केवल पोखराको सांस्कृतिक र प्राकृतिक सम्पदाको उजागर मात्र नगरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सफल भएको छ ।” उहाँले पोखराको फेवाताल, हिमालय, र सांस्कृतिक विविधताले भरिएको यो अनुभवले साहसिक खेलकूद, साङ्गीतिक उत्सव, र मौलिक उत्पादनको प्रदर्शनले पोखरालाई नयाँ उचाइमा पु¥याएको बताउनुभयो ।

यी महोत्सवले नेपाली पर्यटनमा थप आयाम थप्ने विश्वासका साथ, पोखरा अब सांस्कृतिक, साहसिक र मनोरञ्जनात्मक पर्यटनका लागि विश्वका शीर्ष गन्तव्यमध्ये एक बन्ने दिशामा अग्रसर देखिएको उहाँको भनाइ छ । रासस