१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने

श्रममन्त्री श्रेष्ठ र इपिएस पासबीचको अन्तरक्रिया: दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव (भिडियो सहित)

श्रममन्त्री श्रेष्ठ र इपिएस पासबीचको अन्तरक्रिया: दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ माथि दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव परेको बताउनु भएको छ । इपिएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दवाव परिरहेको खुलासा गर्नु भएको हो ।

सोमबार पार्टी निकट युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले इपिएस प्रणाली पास गरेर बसेकाहरुलाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दवावलाई बेवास्ता गरिरहेको बताउनु भयो । मन्त्री श्रेष्ठले इसिएस प्रणाली पास गरेकाहरुलाई आफूले एक हप्ता भित्रै कोरिया पठाउन चाहेको पनि स्पष्ट पार्नु भयो । उहाँले त्यसका लागि कोरियाली समकक्षीसँग फोन वार्ताको प्रयास भईरहेको पनि बताउनु भयो ।

मन्त्री श्रेष्ठले आफूले ईपिएस प्रणालीबाट पास गरेकाहरुलाई कोरिया पठाउने कामलाई पहिलो प्राथमिकता दिएको पनि पटकपटक दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘असाध्यै सिन्सियर भएर लागेको छु । तपाईहरु पास हुनु भयो । पास भएपछि मलाई थाहा छ । अघि आफैले भन्नु भयो,–गाउँमा बस्ने अवस्था छैन । कतिपयले त मानसिक औषधि खानेबेला भएको होला । मेरो हातमा हुन्छ भने त म एक हप्तामै सबैर्लाइ उडाईदिऊ भन्ने पक्षमा छु म । तपाईहरुलाई रोकेर, दायाँबायाँ गरेर सरकारलाई कुनै फाईदा छैन । त्यसकारणले तपाईहरुले जुन विश्वास गर्नुभएको छ । त्यो विश्वासलाई एकदमै देखिने गरी प्रयास गरिराखेका छौं । यो कोरोनाकै बीचमा पनि यदि मन्त्रीजाँदा क्वारेन्टाईन बस्नु नपर्ने हो भने जानेकी भनेर सल्लाह गरिराखेको छु । कोरियामा गएर श्रममन्त्रीसँग एक चोटी फोन गरेपछि यसको केही न केही उपाय निस्कन्छ । अर्को मौसमी कामदारको कुरा निस्केको छ । हेर्नुस्, तपाईहरुको कारणले गर्दा इपिएसमा पास भएर बसेका भाईबहिनीहरुको कारणले गर्दा सायद मेरो जागिर जाने अवस्थाको पावरको दवाव आउँदा पनि मैले खोलेको छैन । यो कुरामा तपाईहरु क्लिएर हुनुस् । मलाई यति दवाव थियो कि सिजनल वर्कर चाँही छिटो खोल्नु प¥यो । मैले भने– खोल्ने ओके । नखोल्ने भन्या छैन । सँगसँगै यो सिजनल वर्कर जाँदाखेरी यो इपिएस पास गरेर बसेका भाईबहिनीहरुको सुन्दर सपना कुठाराघात हुन्छ कि भनेर रोकेको छु । हिजो मात्रै पनि मलाई फोन आएको थियो । केही मान्छेहरु सेटिङमा गईसकेका छन । तर श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागले एक जना पनि पठाएका छैंनौं । यो कुरामा ढुक्क हुनुस् ।’

यता, पीडितहरुले भने तत्काल कोरिया पठाउने व्यवस्था गर्न मन्त्री श्रेष्ठलाई दवाव दिएका थिए । लुम्विनी प्रदेशकी भावना बस्नेतले तत्काल आफूहरुलाई कोरिया पठाउने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठसँग आग्रह गर्नु भयो । उहाँले कामदार छनौंटमा पनि महिलाहरु माथि विभ्द हुने भन्दै त्यसको अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

बागमती प्रदेशका अनमोल भट्टराईले कोभिड संक्रमण हुन नदिनेगरी विदेश जानेहरुलाई बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्नु भयो । उहाँले सरकारले आफ्ना नागरिकलाई प्रक्रिया पूरा गरेर पनि विदेश पठाउने काममा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

भट्टराईले भीडको बीचमा कोभिड परीक्षण गर्नुको कुनै अर्थ नहुनेतर्फ पनि बताउनु भयो ।