१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड ला लिगाको शीर्षस्थानमा



अ+ अ-

काठमाडौं । स्पेनी फुटबल लिग ला लिगामा एट्लेटिको मड्रिडले बार्सिलोनामाथि जित निकालेको छ ।

गएराति भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई उसकै घरेलु मैदानमा २-१ गोलले हराएको हो ।

एट्लेटिकोको जितमा रोड्री डि पल र अलेक्जान्डर सोलोरोथले गोल गरे । बार्सिलोनाका पेड्रीले एक गोल गरे ।

खेलको ३० औं मिनेटमा पेड्रीलेले गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ६० औं मिनेटमा डि पलले र खेल सकिनै लाग्दा इन्जुरी समयमा सोलोरोथले गोल गर्दै एट्लेटिकोलाई रोमाञ्चक जित दिलाए ।

जितसँगै एट्लेटिको अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको १८ खेलबाट ४१ अङ्क छ । बार्सिलोना १९ खेलबाट ३८ अङ्कका साथ दोस्रो स्थानमा छ ।