६ पुष २०८२, आईतवार
,
Latest
‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड ला लिगाको शीर्षस्थानमा



अ+ अ-

काठमाडौं । स्पेनी फुटबल लिग ला लिगामा एट्लेटिको मड्रिडले बार्सिलोनामाथि जित निकालेको छ ।

गएराति भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई उसकै घरेलु मैदानमा २-१ गोलले हराएको हो ।

एट्लेटिकोको जितमा रोड्री डि पल र अलेक्जान्डर सोलोरोथले गोल गरे । बार्सिलोनाका पेड्रीले एक गोल गरे ।

खेलको ३० औं मिनेटमा पेड्रीलेले गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ६० औं मिनेटमा डि पलले र खेल सकिनै लाग्दा इन्जुरी समयमा सोलोरोथले गोल गर्दै एट्लेटिकोलाई रोमाञ्चक जित दिलाए ।

जितसँगै एट्लेटिको अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको १८ खेलबाट ४१ अङ्क छ । बार्सिलोना १९ खेलबाट ३८ अङ्कका साथ दोस्रो स्थानमा छ ।