• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीले सोमबार वा मंगलबार विश्वासको मत लिने ! ★   बेलायतको चुनावमा लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने ★   प्रधानमन्त्री मोदीले रोहितलाई सोधे – माटोको स्वाद कस्तो थियो ? ★   सहरमा बास, गाउँकै खान्कीमा चाख ★   वर्तमान सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ: अध्यक्ष नेपाल ★   कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ: अर्थमन्त्री पुन ★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती ★   बागमती सरकारबाट बाहिरिँदै एमाले

कुइन्स रेष्टुराँबाट चार पक्राउ



सांकेतिक तस्बिर

वीरेन्द्रनगर  । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित कुइन्स रेष्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार १४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । 

उक्त रेष्टुराँको क्याबिनमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले जाँच क्रममा लागूऔषध भेटेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका ३० वर्षीय भूगोल गुरुङ, २२ वर्षीय विप्लव सुवेदी, वडा नं १० बस्ने १८ वर्षीय युनिस नेपाली र ३ बस्ने १९ वर्षीय पूजा कार्की रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । 

चारै जनालाई हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।