१७ श्रावण २०८३, आईतवार
,
Latest
काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न ‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा कसले कुन पुरस्कार पाए ? (सूचिसहित)



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।

जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

सुदूरपश्चिम रोयल्सका सैफ अली जइब प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनले २७५ रन र १२ विकेट लिए । जइबले पाँच लाख रुपैयाँ पुरस्कार हात पारे ।

त्यस्तै जनकपुर बोल्ट्सका ललित राजवंशी उत्कृष्ट बलर घोषित भए । प्रतियोगिताभर १७ विकेट लिएका उनले मोटरसाइकल पुरस्कार पाए ।

कसले के जिते ?

सर्वोत्कृष्ट खेलाडीः सैफ अली जइब (सुदूरपश्चिम रोयल्स)

सर्वोत्कृष्ट नेपाली खेलाडीः दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स)

उत्कृष्ट बलरः ललित राजवंशी (जनकपुर बोल्ट्स)

इमर्जिङ प्लेयरः विपीन शर्मा (कर्णाली याक्स)

इनर्जेटिक प्लेयरः जिमी निशम (जनकपुर बोल्ट्स)

फेयर प्ले अवार्डः लुम्बिनी लायन्स