११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो



अ+ अ-

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा गएको हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित थप तीन जनाको शव पहिचान भएको छ।

उद्धार टोलीले निम्स दाइसँगै नेपाली आरोही नीमा शेर्पा र किली पेम्बा शेर्पा (किलु) तथा चिनियाँ आरोही ह्याङ झोङको शव फेला पारेको जनाएको छ।

अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार उद्धारकर्ताहरूले घटनास्थल नजिकै थप एउटा शव रहेको स्थान पनि पहिचान गरेका छन्। उक्त शव नेपाली आरोहीहरूको शव भेटिएको स्थानभन्दा अझै माथिल्लो भागमा रहेको बताइएको छ। शवको औपचारिक पहिचान भने हुन बाँकी छ।

हाल उद्धार टोलीले पहिचान भएका चारवटै शवलाई क्याम्प–१ (सी–१) तर्फ झार्ने कार्य गरिरहेको जनाएको छ।

यसअघि उद्धारमा खटिएको टोलीले निम्स दाइको शव समुद्री सतहबाट करिब ५ हजार ७ सय मिटर उचाइमा मृत अवस्थामा फेला पारेको थियो।

ब्रड पिकमा आएको भीषण हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको खोज तथा उद्धार कार्य प्रतिकूल मौसमका बीच पनि जारी रहेको छ।