१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा कसले कुन पुरस्कार पाए ? (सूचिसहित)



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।

जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

सुदूरपश्चिम रोयल्सका सैफ अली जइब प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनले २७५ रन र १२ विकेट लिए । जइबले पाँच लाख रुपैयाँ पुरस्कार हात पारे ।

त्यस्तै जनकपुर बोल्ट्सका ललित राजवंशी उत्कृष्ट बलर घोषित भए । प्रतियोगिताभर १७ विकेट लिएका उनले मोटरसाइकल पुरस्कार पाए ।

कसले के जिते ?

सर्वोत्कृष्ट खेलाडीः सैफ अली जइब (सुदूरपश्चिम रोयल्स)

सर्वोत्कृष्ट नेपाली खेलाडीः दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स)

उत्कृष्ट बलरः ललित राजवंशी (जनकपुर बोल्ट्स)

इमर्जिङ प्लेयरः विपीन शर्मा (कर्णाली याक्स)

इनर्जेटिक प्लेयरः जिमी निशम (जनकपुर बोल्ट्स)

फेयर प्ले अवार्डः लुम्बिनी लायन्स