१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधिको लागि सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई उपाधिको लागि १८५ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनायो ।

सुदूरपश्चिमको लागि ओपनर सेफ जैवले अर्धशतकीय ईनिङ खेले । उनले ४३ बलमा ८ चौका र दुई छक्का प्रहार गर्दै ६९ रन बनाए । पहिलो विकेटको लागि जैव र अर्का ओपनर विनोद भण्डारीले ११७ रनको शतकीय साझेदारी गरे । भण्डारीले ३१ बलमा ४१ रन बनाए ।

यस्तै, ब्राण्डन म्याकमुलम र हरमित शिंहले समान १४ रन बनाउँदा स्कट कगजेलिन १३, दिपेन्द्र सिंह ऐरी ८ तथा आरिफ शेख एक रन बनाएर आउट भए ।

जनकपुरको लागि मोहम्मद मोसिनले तीन विकेट लिए । किशोर महतोले तीन विकेट लिँदा ललित राजवंशी र जेम्स निशम एक एक विकेट लिए ।