३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईको प्रभावशाली खेल, राजस्थान रोयल्स ५७ रनले पराजित



अ+ अ-

दुबईः रेकर्ड चार पटकको च्याम्पियन मुम्बई इन्डियन्सले मंगलबार ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा उत्कृष्ट प्रदर्शन गर्दै राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ ।

यो जितसँगै मुम्बई ६ खेलबाट ८ अंक जोड्दै अंक तालिकामा पहिलो स्थानमा उक्लेको छ । ५ खेल खेलेको दिल्ली क्यापिटल्स समान ८ अंक भएपनि रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेटको क्षतिमा १९३ रन बनाएको थियो । मुम्बईका लागि क्वीन्टन डि ककले २३, रोहित शर्माले ३५, सूर्यकुमार यादवले ७९, हार्दिक पान्ड्याले ३० तथा क्रुनाल पान्ड्याले १२ रन बनाएका थिए ।

१९४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्स शुरुदेखि नै दबाबमा थियो । यशस्वी जैसवाल (०), कप्तान स्टिभेन स्मिथ (६), सन्जु सामसन (०), महिपाल लोमरोर (११), राहुल तेबतीया (५), श्रेयस गोपाल (१), अंकित राजपूत (२) बनाएर सस्तैमा आउट भए ।

राजस्थानका लागि जस बटलरले ७० रनको महत्वपूर्ण पाली खेलेका थिए भने जोफ्रा आर्चरले २४ रन बनाएका थिए ।

राजस्थानको पूरै इनिङ १८.१ ओभरमा १३६ रनमै समेटिएको थियो । मुम्बईका जसप्रित बुमराहले २० रन दिएर ४ विकेट लिएका थिए । ट्रेन्ट बोल्ट र जेम्स प्याटिसनले पनि समान २–२ विकेट लिएका थिए ।

मुम्बईका सूर्यकुमार प्लेयर अफ द म्याच घोषित भए । 

बुधबार कोलकाता नाइट राइडर्स र चेन्नाई सुपर किंग्सबीच खेल हुनेछ ।
(एजेन्सी)