६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण फुटबलमा नेपाल भुटानसँग ५–१ ले पराजित



अ+ अ-

काठमाडौँ । भुटानविरुद्धको यू–१६ वुमेन्स मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पराजित भएको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा नेपाल ५–१ ले पराजित भएको हो ।

भुटानका लागि क्विन्डेन सोनम सोग्याल र छिरिङ ल्हामोले दुई–दुई गोल गरे । सोनमले २३ र ६५ औ मिनेटमा गोल गरेकी हुन् । ल्हामोले ३४ र ३९ औं मिनेटमा गोल गरिन् ।

यस्तै युगेन सोमाले ८४ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै एक गोल थपिन् । नेपालका लागि सबिना तामाङले ८६ औं मिनेटमा एक गोल फर्काइन् ।