५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एक दिवसीय सिरिजः हङकङलाई नेपालले दियो २६६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । मुलपानी क्रिकेट मैदानमा जारी यू–१९ एक दिवसीय श्रृंखलाको अन्तिम खेलमा नेपाली टोलीले हङकङलाई २६६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली युवा टोलीले ४९.१ ओभरमा अलआउट हुँदै २६५ रन जोड्यो ।

नेपालका लागि अभिशेख तिवारी, सन्तोष यादव, सूर्यान्शु कोइरालाले अर्धशतकीय पारी खेले । सूर्यान्शुले ६०, अभिशेखले ५६ तथा सन्तोषले ५३ रनको योगदान दिए । यस्तै, नरेन भट्टले ३६ रन जोडे ।

बलिङतर्फ हङकङका ड्यानियन म्याप, पर्थ श्रीवास्तव, शयन पुरी र प्रित मंगुकियाले दुई–दुई विकेट लिए ।

यसअघि भएका दुई खेलमा नेपालले जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारिसकेको छ । आजको खेल पनि जिते नेपालले सिरिजमा क्लिनस्वीप गर्नेछ ।