२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एक दिवसीय सिरिजः हङकङलाई नेपालले दियो २६६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । मुलपानी क्रिकेट मैदानमा जारी यू–१९ एक दिवसीय श्रृंखलाको अन्तिम खेलमा नेपाली टोलीले हङकङलाई २६६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली युवा टोलीले ४९.१ ओभरमा अलआउट हुँदै २६५ रन जोड्यो ।

नेपालका लागि अभिशेख तिवारी, सन्तोष यादव, सूर्यान्शु कोइरालाले अर्धशतकीय पारी खेले । सूर्यान्शुले ६०, अभिशेखले ५६ तथा सन्तोषले ५३ रनको योगदान दिए । यस्तै, नरेन भट्टले ३६ रन जोडे ।

बलिङतर्फ हङकङका ड्यानियन म्याप, पर्थ श्रीवास्तव, शयन पुरी र प्रित मंगुकियाले दुई–दुई विकेट लिए ।

यसअघि भएका दुई खेलमा नेपालले जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारिसकेको छ । आजको खेल पनि जिते नेपालले सिरिजमा क्लिनस्वीप गर्नेछ ।