१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद

कोभिड–१९ बाट जोगिन सचेतना आवश्यक छ: प्रम देउवा

कोभिड–१९ बाट जोगिन सचेतना आवश्यक छ: प्रम देउवा
अ अ+ अ-

काठमाडौ  । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९को सङ्क्रमणबाट जोगिन कोभिड–१९ विरुद्धको खोप र स्वास्थ्यका मापदण्ड पालनाका साथै सचेतना पनि आवश्यक रहेको बताउनुभएको छ । उहाँले कोभिड–१९ को नयाँ भेरियन्टले हाल जनस्वास्थ्यमा समस्या उत्पन्न गरेको उल्लेख गर्दै यसबाट बच्न कोभिड–१९ विरुद्धको खोप लगाउन, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा हात धुनेलगायतका सचेतनाको आवश्यकता औँल्याउनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आज यहाँ आयोजित नवौँ बैठकमा प्रधानमन्त्री देउवाले कोभिड–१९को सङ्क्रमण रोकथामबारे जनतामा सचेतना जगाउन मिडियाको महत्वपूर्ण भूमिका रहेको बताउँदै यसमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले कोभिड–१९ बाट जोगिने सचेतनाबारे देशभरि अभियान चलाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै यसमा सहयोग गर्न सबै सङ्घसस्था तथा राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । उहाँले बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप लागाउनुपर्ने देखिएको भन्दै त्यसका लगि आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभयो ।

कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट मृत्युदर कम भए पनि यो द्रूत गतिमा फैलिएकोप्रति सजग गराउँदै उहाँले भन्नुभयो, “खुला सिमानाबाट मानिसको आवतजावतले डरलाग्दो अवस्था आउन सक्छ, जनताको ज्यान जोगाउनु सरकारको पहिलो कर्तव्य हो, यसमा सबै लागौँ ।” सिमानामा कोभिड–१९ को पर्याप्त मात्रामा परीक्षण गर्न र आवश्यक मात्रामा होल्डिङ सेन्टर तत्काल स्थापना गर्नुपर्ने बताउँदै उहाँले जनताको जीवन रक्षाका लागि आवश्यक मात्रामा कोभिड–१९ विरुद्धको बुष्टर डोज तत्काल खरिद गरी सहजताका साथ मुलुकभर वितरण गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले केही महिनाअघि आएको बेमौसामी वर्षाले मुलुकभर भएको जनधनको क्षतिको आवश्यक राहत र क्षतिपूर्तिको काम हुन नसकेको बताउँदै त्यसमा ध्यान दिनसमेत सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । 

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का उपाध्याक्ष सुवास नेम्वाङले कोभिड–१९को रोकथाम र नियन्त्रणमा सरकारले थप सक्रिय भएर काम गर्नुपर्ने बताउँदै यसमा आफ्नो दलले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कोभिड–१९ विरुद्धको खोपको उचित व्यवस्थान गरी चाँडो भन्दा चाँडो सबै जनतालाई सहजरूपमा आवश्यक मात्रामा खोप लगाउन आग्रह गर्दै सिमानामा परीक्षण र होल्डिङ सेन्टरको पर्याप्त सुविधाको व्यवस्थापन गर्न, स्वास्थ्यकर्मीको स्वास्थ्यमा ध्यान दिन, कोरोना बिमाको भुक्तानीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले विपद बाट  क्षति भएका संरचनाको पुनःनिर्माणको अवस्था बारे प्रस्तुति दिनुभएको थियो भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कोभिड–१९को वर्तमान अवस्था र यसको रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका कामका बारेमा प्रस्तुुति दिनुभएको थियो ।

कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिनुभएका शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो मन्त्रालयका काम कारबाही र सातै प्रदेशका मुख्यमन्त्रीहरुले आफ्नो प्रदेशमा कोभिड–१९को वर्तमान अवस्था र यसको रोकथाम तथा नियन्त्रणमा गरेका प्रयासबारे अवगत गराउनुभएको थियो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, मुख्यसचिव शङ्करदास बैरागी, सुरक्षा निकायका प्रमुखलगायत सहभागी हुनुहुन्थ्यो ।