४ भाद्र २०८३, बिहीबार
,
Latest
क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलसँग युद्धविरामका लागि भइरहेको दोहा वार्ता ‘सकारात्मक’: हमास



अ+ अ-

इजरायली प्रतिनिधिमण्डलले मध्यस्थकर्तासँग भेटघाट गर्न गएको एक दिनपछि हमासले युद्धविराम र गाजामा बन्धक बन्दी आदानप्रदान गर्ने उद्देश्यले कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक’ भएको जनाएको छ ।

प्यालेस्टिनी लडाकू समूहले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कतार र इजिप्टको मध्यस्थतामा दोहामा भएको वार्ता गम्भीर र सकारात्मक भएको र छलफलले युद्धविराम र कैदी आदानप्रदानका लागि सहमतिमा पुग्न सम्भव छ भन्नेमा हमास विश्वस्त छ ।”

दुई पक्षबीचको खाडल कम गर्ने उद्देश्यले वार्ताका लागि इजरायली अधिकारीहरू सोमबार दोहा आइपुगेको वार्ताबारे जानकार स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

गत बुधबार मोसादका गुप्तचर प्रमुख डेभिड बर्नियाले कतारको राजधानी दोहाको भ्रमण गरेपछि उक्त भेटवार्ता भएको स्रोतले नाम नबताउने शर्तमा जनाएको छ ।

संयुक्त राज्य अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक रिहाइका लागि महिनौँदेखि मध्यस्थता गर्दै आएको छ ।

तर गत वर्षको अन्त्यमा इजरायली जेलमा रहेका प्यालस्टिनीहरूको बदलामा सयौं बन्धकहरूलाई रिहा गरिएको एक हप्ताको युद्धविरामबाहेक लगातार भएका वार्ताहरू युद्ध रोक्न असफल भएका थिए ।

सोमबार इजरायली रक्षामन्त्री इजराइल काट्जले आफ्नो देशका वार्ताकारहरू सन् २०२३ को नोभेम्बरमा भएको युद्धविरामपछि सम्झौताको नजिक नपुगेको बताउनुभएको थियो ।

दोहास्थित हमासका एक वरिष्ठ अधिकारीले सम्झौताका लागि ‘पहिलेभन्दा निकै नजिक’ भएको तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अझै पनि ‘पहिलेजस्तै सम्झौतालाई बिथोल्न सक्ने’ बताउनुभएको छ ।

हमासनिकट अर्को एक स्रोतले भन्यो, “सबै कुराले हामी सम्झौताको नजिक पुगेको सङ्केत गर्छ, मलाई आशा छ अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड) ट्रम्पको सपथ अघि अर्थात् जनवरी २० अघि नै सम्झौता हुने सम्भावना बढेको छ । ”

हमासको सहयोगी इस्लामिक जिहादका उपप्रमुख मोहम्मद अल–हिन्दले गाजामा अझै पनि केही बन्धक रहेको विश्वास गरिएको अवस्थामा आफ्नो समूहद्वारा प्रस्तावित सम्झौताबारे छलफल गर्न इजिप्टका अधिकारीहरूसँग भेट गरेको बताउनुभएको छ ।

वार्ताको बारेमा जानकार एक स्रोतका अनुसार उनीहरू ‘प्यालेस्टिनी कैदीहरूको बदलामा जीवित इजरायली नागरिक कैदीहरूको रिहाईको साथ मानवीय चरणबाट सुरु हुने दुई वा तीन चरणको बन्दी आदान–प्रदान सम्झौतामा पुग्न केन्द्रित छन् ।

त्यो आदानप्रदान ‘दुई देखि चार हप्ताको अवधिको लागि क्रमिक युद्धविरामको” स्रोतले भन्यो।