१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद

कोभिड–१९ को सङ्क्रमण जोखिमबाट खेलकुद क्षेत्रसमेत प्रभावित

कोभिड–१९ को सङ्क्रमण जोखिमबाट खेलकुद क्षेत्रसमेत प्रभावित
अ अ+ अ-

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण जोखिमकाकारण मुलुकका अरु विधाजस्तै खेलकुद क्षेत्रको विकास र विस्तार पनि प्रभावित हुने सङ्केत देखिएको छ । खेलकुद क्षेत्रको विकासका लागि खेलाडी उत्पादन, तालिम वा अभ्यास, पूर्वाधार निर्माण र प्रतियोगिता अनिवार्य शर्त रहेकामा कोरोना सङ्क्रमणका कारण ती सबै क्रियाकलाप सुस्त र प्रभावित हुन पुगेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले  खेलकुद क्षेत्रमा धेरै कार्यक्रम रहे पनि कोरोना सङ्क्रमणका कारण कतिपय सुरुआत गर्न, केहीलाई अघि बढाउन र सम्पन्न गर्न चुनौती खडा भइरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “खेल क्षेत्रको  विकासका लागि पूर्वाधार महत्वपूर्ण विषय हो । कोरोनाबाट उत्पन्न परिस्थितिले आयोजना अधुरै रहने, छुट्याएका बजेट फ्रिज हुने, समयमा सम्पन्न हुन नसक्दा लागत बढ्ने अवस्था छ ।”

पूर्वाधार निर्माण नै समयमा पूरा भएन भने खेल क्षेत्रको विकासमा अवरोध खडा हुन्छ । खेलाडी उत्पादनसँगै अभ्यास गर्ने स्थल आवश्यक पर्छ । पूर्वाधार भएन भने खेलाडीको क्षमता अभिवृद्धि हुन्न । मुलुकको खेल क्षेत्रको विकासका लागि रु एक अर्ब ५२ करोड पूर्वाधार कार्यक्रमका लागि बजेट विनियोजन हुँदै आएको छ । अघिल्लो वर्षदेखि सरकारले ‘एक पालिका, एक खेलमैदान’ अवधारणा अघि सार्दै कार्यान्वयन अघि बढाएको छ । उक्त कार्यक्रम मुलुकमा १४४ पालिकामा विस्तार भइसकेको छ । यस वर्षभित्र उक्त कार्यक्रम कम्तीमा १६८ स्थानीय तहमा पुर्‍याउने मन्त्रालयले अठोट गरेको छ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८/७९ मा रु २५ करोड बजेट विनियोजन छ ।

स्थानीय, प्रदेश तथा राष्ट्रियस्तरमा सुविधासम्पन्न खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । समुदायदेखि नै खेलकुदको विकास र विस्तार गरी शारीरिक र मानसिकरूपमा स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्दै अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्न खेलकुद पूर्वाधार विकास, खेलकुद प्रतियोगिता र  प्रशिक्षण सञ्चालन तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने विषय बजेटमार्फत घोषणा गरिएको थियो ।

नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा करिब २५ देखि ३० खेल विधामा पदक प्राप्त गर्ने सम्भावना राख्दै आएको छ । मुलुकमा खेलकुद क्षेत्रका विकास र विस्तारमा करिब २०० को सङ्ख्यामा विषयगत खेल सङ्घ क्रियाशील छन् । त्यस्ता सङ्घले बेलाबखतमा देशभित्र खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडीको क्षमता अभिवृद्धिका लागि वातावरण तयार गरी प्रोत्साहनसमेत गर्दै आएका छन् ।

देशमा कोभिड–१९ सङ्क्रमण जोखिमले आगामी केही समय देशभित्रै पनि प्रतियोगिता कम हुनसक्ने देखिएको छ । प्रतियोगिताको कमी हुनासाथ खेलाडीमा प्रतिस्पर्धा गर्ने क्षमतामा स्खलन आउन सक्नेछ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजनाका लागि तयारी भइरहेको अवस्थामा कोरोना त्रासका बीच अहिले मिति घोषणा गर्न सक्ने स्थिति कमजोर देखिएको छ । उक्त प्रतियोगिता गर्न सकिएन भने अर्को वर्ष सेप्टेम्बरमा एशियन खेलकुद प्रतियोगितमा हाम्रा प्रस्तुति आशा गरेअनुरुप नहुन सक्छ ।

उक्त प्रतियोगिताअघि नै राष्ट्रिय, प्रदेश र जिल्लास्तरमा खेलकुद आयोजना गरिसक्नु पर्नेछ तर कोरोनाको अहिलेको अवस्थाले प्रतियोगिताका लागि अप्ठ्यारो पार्ने सङ्केत देखाएको छ । कोभिड–१९ कै कारण खेलाडी उत्पादनको प्रारम्भिक थलो विद्यालय बन्दको अवस्था छ । शैक्षिक संस्थासँग समन्वय गरेर खेलाडी पहिचान, प्रोत्साहन र उत्पादन गर्नुपर्नेमा कोरोनाले त्यस कार्यमा ठूलो धक्का दिएको छ । राष्ट्रिय एकता प्रवद्र्धन गर्ने बलियो माध्यमका रूपमा रहेको खेलकुदले युवालाई अनुशासित, जिम्मेवार, समयको पालना र समूहमा रही परिणाम दिन ज्ञान दिन्छ ।

सचिव डा रेग्मी भन्नुहुन्छ, “मुलुकमा खेलाडी उत्पादन, अभ्यास, प्रतिस्पर्धाको क्षेत्र विकास नभएसम्म खेलकुद क्षेत्रको विकास हुन सक्दैन । खेलाडी उत्पादनसँगै अभ्यासस्थल र प्रतियोगिता आवश्यक पर्छ, अबको दायित्व भनेको प्रतिस्पर्धा बढाउने हो ।” यद्यपि सरकारले राष्ट्रिय क्षमताअनुसार पूर्वाधार निर्माणलाई अघि बढाइरहेको छ ।

मन्त्रालयले विधागत खेलकुदका सङ्घमा सुशासन प्रवद्र्धन र लोकतान्त्रिक विधिबाट पदाधिकारी छनोट कार्यलाई सघाउँदै आएको छ । खेलाडी उत्पादन, अभ्यास र पूर्वाधार निर्माणलाई  मन्त्रालयले प्राथमिकतामा राखेर संयोजनकारी र सहजीकरण गर्दै आएको छ । मन्त्रालयले पछिल्लो दिनमा खेलकुद क्षेत्रमा प्रतिबन्धित औषधिको प्रयोग (एण्टिडोपिङ्ग)लाई निस्तेज तुल्याउन खेलाडी र प्रशिक्षकलाई सचेतनासमेत प्रदान गर्दै आएको छ । (रासस, नारायण न्यौपाने)