२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको संसदद्वारा “एक देश, एक निर्वाचन” विधेयक पारित



अ+ अ-

नयाँदिल्ली । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा रहेको भारतीय जनता पार्टीको सत्तारुढ गठबन्धनले “एक देश, एक निर्वाचन” सम्बन्धी विवादास्पद विधेयक संसदमा दर्ता गरेको छ ।

संसदमा दर्ता भएसँगै लोकसभाले उक्त विधेयकलाई छलफलका लागि मञ्जुरी दिएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार विधेयकको समर्थनमा २६९ सांसदले हस्ताक्षर गरेका छन् भने १९८ सांसद विपक्षमा उभिएका छन् ।

अब उक्त विधेयक संयुक्त सदनको समितिमा छलफलका लागि गएको छ । भारतीय काँग्रेस आई समेतका विपक्षी पार्टीहरुले सरकारको निर्वाचन सम्बन्धी यस कदमले भारतीय संविधानको भावना बमोजिम संघीय संरचनामाथि हस्तक्षेप भएको आरोप लगाएका छन् । तर सरकारले उक्त आरोपको खण्डन गरेको छ ।

विधेयकको सम्बन्धमा लोकसभामा भएको मतदानमा भारतको इतिहासमै पहिलो पटक विद्युतीय मतदानको प्रयोग गरिएको थियो ।

यदि उक्त विधेयक संसदका दुबै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणित भए भारतमा लोकसभा र राज्यसभाका सबै निर्वाचन एकैपटक हुनेछन् । अहिले भारतका विभिन्न राज्यमा विभिन्न समयमा निर्वाचन हुने गरेको छ । एजेन्सी