६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला यु–१९ एसिया कपः भारतविरुद्ध नेपालले पहिले ब्याटिङमा



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपमा आज नेपालले भारतसँग प्रतिष्पर्धा गर्दैछ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भखैरै सुरु भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दैछ ।

भारतले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।

नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् । यसमा समूह ‘ए’मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन् ।