१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी अस्पतालका लेखा अधिकृत माधव प्रसाद आचार्यसमेत १५ जना माथि भ्रष्टाचारकाे आरोप-पत्र दायर



अ+ अ-

काठमाडाैंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल, बाँकेमा कार्यरत लेखा अधिकृत माधव प्रसाद आचार्य समेतका १५ जना कर्मचारी विरूद्ध नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार गरेकाे भन्दै विशेष अदालत काठमाडाैंमा मुद्दा दायर गरेकाे छ । 

अस्पतालका कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारकाे टोलीले निज कम्प्यूटर अपरेटर अरूण राज खनाललाई रू.१६ लाख १३ हजार ९७५ स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अख्तियारले अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगंजका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीसमेतको योजना र मिलेमतोमा आर्थिक बर्ष २०७६/०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा रु.१९ लाख १३ हजार बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार गरेकाे दाबी गरेकाे छ ।

आयोगले कसुर गरेको स-प्रमाण पुष्टि भएको भन्दै लेखा अधिकृत आचार्य, खनाल, इन्द्र बहादुर खत्री र प्रेम बहादुर खत्रीलाई बिगो रु.१९ लाख १३ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र बरामद नगद रु.१६ लाख १३ हजार ९७५, बरामदी मुचुल्का तथा निवेदनसाथ दाखिला भएका रू.१ लाख ६६ हजार ५०० मूल्यका मोवाईल तीन थानसमेत जफत हुन र अपुग बिगो रु.१ लाख ३२ हजार ५९५ असुल गरी जफत हुन समेत मागदाबी लिएको छ ।