१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डले ह्यामिल्टन टेस्ट ४२३ रनले जित्यो, इंग्ल्यान्डमाथि रन अन्तरले सबैभन्दा ठूलो जित



अ+ अ-

एजेन्सी । ह्यामिल्टन टेस्टमा न्युजिल्यान्डले इंग्ल्याण्डलाई ४२३ रनले पराजित गरेको छ । इंग्ल्याण्डमाथि रन अन्तरले जितेको न्युजिल्यान्डको यो सबैभन्दा ठूलो जित हो ।

तेस्रो टेष्टमा ६५८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २३४ रन मात्रै बनाउन सक्यो । यद्यपि, इंग्ल्याण्डले ३ खेलको टेष्ट सिरिज २–१ ले जितेको छ । टोलीले पहिलो खेल ८ विकेटले र दोस्रो खेल ३२३ रनले जितेको थियो ।

मंगलबार सेडन पार्कमा भएको खेलको चौथो दिनको खेलमा इंग्ल्याण्डले १८/२ को स्कोरबाट खेल सुरु गरेको थियो । ज्याकब बिथेलले ७६ रन र जो रुटले ५४ रनको पारी खेले । जबकि गुस एटकिन्सनले ४३ रनको योगदान दिए ।

न्युजिल्याण्डका मिचेल सान्टनरले पहिलो इनिङ्समा ७६ रन बनाएर ३ विकेट लिए । उनले दोस्रो इनिङ्समा ४९ रन बनाए र ४ विकेट लिए । यही प्रदर्शनका लागि उनले प्लेयर अफ द म्याचको अवार्ड पाए । इंग्ल्याण्डका अलराउन्डर ह्यारी ब्रुक प्लेयर अफ द सिरिज घोषित भए ।

यो रनको अन्तरले न्युजिल्याण्डको सबैभन्दा ठूलो जित हो । यसअघि सन् २०१८ मा क्राइस्टचर्चमा टनेलिले श्रीलंकालाई ४२३ रनले पराजित गरेको थियो । यो टोलीको इंग्ल्याण्डविरुद्धको सबैभन्दा ठूलो जित हो ।