६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ अङ्कले घट्यो नेप्से, कुन क्षेत्रमा देखियाे असर ?



symbolic photo
अ+ अ-

काठमाडौँः धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने दोहोरो अङ्कले घटेको छ । लगातार उकालो लाग्दै आएको बजारमा बिहीबार साताको अन्तिम दिन नेप्से ११.३४ बिन्दुले घटेर एक हजार ५८९.६३ मा झरेको छ ।

बुधबार नेप्से उकालो लागेर एक हजार ६०० को बिन्दुमा पुगेको थियो । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज १.६५ ले घटेर ३१४.७४ मा झरेको छ । कूल १९३ कम्पनीको एक करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयर रु दुई अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त ३१.७२, लघुवित्त ०.८५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै बैंकिङ ८.१७, व्यापार २.३७, होटल ३१.०४, विकास बैंक २०ं९९, जलविद्युत् ४४.५७, निर्जिवन बीमा ७४.३१, उत्पादन १३.३५, अन्य ५.९२ र जीवन बीमा २४.१६ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज अरुण काबेली पावर नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीनको रु १२ करोड ४१ लाख ८० हजार ४५३ बराबरको कारोवार भएको छ । यस्तै नेशनल हाइड्रोपावर रु १० करोड ३७ लाख तीन हजार २४१, सानिमा माई हाइड्रोपावर रु आठ करोड ९७ लाख नौ हजार २८, कुमारी बैंक रु आठ करोड ६० लाख ६७ हजार ५०१, अरुण भ्याली हाइड्रोपावर रु सात करोड १८ लाख १८ हजार ४३०, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ९९ लाख १८ हजार ७७ र शिवम् सिमेन्ट रु छ करोड ८७ लाख ६१ हजार ४०६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

मल्टीपर्पोज फिनान्स कम्पनी १०, कर्णाली डेभलपमेन्ट बैंक ९.७९, समृद्धि फाइनान्स ९.७२, गुर्खाज फाइनान्स ९.४०, ग्रिन डेभलपमेन्ट बैंक ८.९७, रिलायन्स फाइनान्स ८.८२, गुह्यश्वरी फाइनान्स ८.८२ र बेस्ट फाइनान्सका लगानीकर्ताले ८.७० प्रतिशतले कमाए । त्यस्तै सिनर्जी पावर ७.०८, पाँचथर पावर ६.८६, लिवर्टी इनर्जी ६.७५, पाँचथर पावर कम्पनी ६.५५, अरुण काबेली पावर ६.३७ र अपि पावर कम्पनीका लगानीकर्ताले ५.८८ प्रतिशतले गुमाए ।