९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ अङ्कले घट्यो नेप्से, कुन क्षेत्रमा देखियाे असर ?



symbolic photo
अ+ अ-

काठमाडौँः धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने दोहोरो अङ्कले घटेको छ । लगातार उकालो लाग्दै आएको बजारमा बिहीबार साताको अन्तिम दिन नेप्से ११.३४ बिन्दुले घटेर एक हजार ५८९.६३ मा झरेको छ ।

बुधबार नेप्से उकालो लागेर एक हजार ६०० को बिन्दुमा पुगेको थियो । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज १.६५ ले घटेर ३१४.७४ मा झरेको छ । कूल १९३ कम्पनीको एक करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयर रु दुई अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त ३१.७२, लघुवित्त ०.८५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै बैंकिङ ८.१७, व्यापार २.३७, होटल ३१.०४, विकास बैंक २०ं९९, जलविद्युत् ४४.५७, निर्जिवन बीमा ७४.३१, उत्पादन १३.३५, अन्य ५.९२ र जीवन बीमा २४.१६ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज अरुण काबेली पावर नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीनको रु १२ करोड ४१ लाख ८० हजार ४५३ बराबरको कारोवार भएको छ । यस्तै नेशनल हाइड्रोपावर रु १० करोड ३७ लाख तीन हजार २४१, सानिमा माई हाइड्रोपावर रु आठ करोड ९७ लाख नौ हजार २८, कुमारी बैंक रु आठ करोड ६० लाख ६७ हजार ५०१, अरुण भ्याली हाइड्रोपावर रु सात करोड १८ लाख १८ हजार ४३०, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ९९ लाख १८ हजार ७७ र शिवम् सिमेन्ट रु छ करोड ८७ लाख ६१ हजार ४०६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

मल्टीपर्पोज फिनान्स कम्पनी १०, कर्णाली डेभलपमेन्ट बैंक ९.७९, समृद्धि फाइनान्स ९.७२, गुर्खाज फाइनान्स ९.४०, ग्रिन डेभलपमेन्ट बैंक ८.९७, रिलायन्स फाइनान्स ८.८२, गुह्यश्वरी फाइनान्स ८.८२ र बेस्ट फाइनान्सका लगानीकर्ताले ८.७० प्रतिशतले कमाए । त्यस्तै सिनर्जी पावर ७.०८, पाँचथर पावर ६.८६, लिवर्टी इनर्जी ६.७५, पाँचथर पावर कम्पनी ६.५५, अरुण काबेली पावर ६.३७ र अपि पावर कम्पनीका लगानीकर्ताले ५.८८ प्रतिशतले गुमाए ।




भर्खरै