१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैं–तिहारको बेला सामूहिक कार्यक्रम गर्न नपाईने- जिप्रका गोरखा



अ+ अ-

काठमाडौं । बडादशैं, दिपावली र छठको अवसरमा हुने शुभकामना आदानप्रदान लगायतका कार्यक्रमहरुमाथि जिल्ला प्रशासन कार्यालय गोरखाले रोक लगाएको छ । आज एक विज्ञप्ति जारी गरी जिल्लाभित्र हुने सामूहिक कार्याक्रम रोक्न सम्बन्धित सबै पक्षलाई प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले आग्रह गरेका हुन् ।

विज्ञप्तिमा जिल्लामा यसअघिका चाडपर्वहरुमा झै यो पटक सामुहिक कार्यक्रम नराख्न आग्रह गरिएको छ ।

‘विगतका वर्षहरुमा झै विभिन्न सामाजिक संघ संस्था, स्थानीय क्लब, आमा समूह लगायतका संघ संस्थाले शुभकामना कार्यक्रम तथा खेलकुद गतिविधि गरिरहेको भन्ने जानकारी प्राप्त भएकोले विद्यमान कोरोना भाइरस कोभिड १९ को असहज परिस्थितिलाई मध्यनजर गर्दै चाडपर्व लक्षित भेला कार्यक्रम गर्ने, भेला भई शुभकामना आदानप्रदान गर्ने, खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्ने जस्ता गतिविधिहरु नगर्नु नगराउनुहुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।