• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो

सनराइजर्सको उत्कृष्ट पुनरागमन, पञ्जाब ६९ रनले पराजित



दुबईः इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबारको खेलमा सनराइजर्स हैदराबादले किंग्स इलेभेन पञ्जाबलाई ६९ रनको विशाल रन अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको हैदराबादका लागि प्रारम्भिक जोडी जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले गरेको साझेदारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । बेयरस्टोले ९९ रन बनाएका थिए भने वार्नरले ५२ रन बनाएका थिए ।

समग्रमा हैदराबादले ६ विकेटको क्षतिमा २०१ रन बनाएको थियो ।

विशाल लक्ष्य पछ्याउने क्रममा पञ्जाब १६.२ ओभरमा सबै विकेट गुमाएर १३२ रनमै समेटियो । पञ्जाबका लागि निकोलस पूरनले व्यक्तिगत ७७ रन बनाए । उनी रसिद खानको बलमा आउट भए ।

हैदराबादका तर्फबाट उत्कृष्ट फिल्डिङ, बलिङ र ब्याटिङ प्रदर्शन गरिएको थियो ।

यो जितसँगै हैदराबादको उत्कृष्ट चार टिम हुने आशा जीवितै रहेको छ । अंक तालिकामा छ खेलबाट ६ अंक सहित तेस्रो स्थानमा उक्लेको छ । पहिलो र दोस्रो स्थानमा क्रमशः मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स रहेका छन् ।

निकै राम्रो ब्याटिङ गरेको र प्रतिभावान खेलाडी रहेको पञ्जाबले ६ खेलमध्ये ५ खेल हारेर अंक तालिकाको पुछारमा पुगेको छ ।

आज शुक्रबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।