• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने



काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा बोलाएको छ ।

समितिका संयोजक सांसद सूर्य थापाका अनुसार समितिको आज बसेको बैठकले सिआइबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, नेपाल प्रहरीको नेतृत्व र गृह मन्त्रालयको प्रशासनिक नेतृत्वसँग जानकारी लिने कार्यसूचि रहेको जानकारी दिनुभयो ।

समितिले आज महालेखापरीक्षक तोयम राय, र सम्बद्ध अधिकारीहरू सम्पत्ति शुद्धीकरण बिभागका महानिर्देशक कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरे लगायत अन्य अधिकारीहरुसंग नियमनको स्थिति र प्रभावकारी निकायको आवश्यकता लगायतका विषयमा छलफल गरेको छ ।

थापाका अनुसार समितिले माग गरेका कागजातहरू छिटो उपलब्ध हुनेगरी संयोजन गर्न सहकारी विभागको नेतृत्वलाई ध्यानाकर्षण समेत गराईएको छ । सहकारीको वचत रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।