• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुई जनाको खोजी गरिँदै ★   जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह ★   मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा ★   सप्तकोशी ब्यारेजका ४५ ढोका खोलिए, महाकालीको शारदा ब्यारेजमा सवारी चलाउन रोक ★   कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा ★   जलमग्न भयो देश (फोटो फिचर) ★   टर्कीलाई हराउँदै नेदरल्यान्ड्स युरो कपको सेमिफाइनलमा ★   स्वीट्जरल्यान्डलाई पेनाल्टीमा हराउँदै इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा ★   बाढीको बहाव बस्तीमा पसेपछि ओलीलाई बालेनको पत्र : भोटको राजनीति कहिलेसम्म ? ★   भारतको मेघालयमा ४ जना नेपालीको हत्या

गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सहकार्य गरेको केही समयमै पुन: अर्को समीकरणको प्रयास गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको बताउनुभएको छ ।

बिहीवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले अहिलेको सम्पूर्ण परिस्थिति बन्नुको पहिलो कारण प्रधानमन्त्री दाहाल स्वयं नै भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालको अस्थिरताको कारण अहिलेको परिस्थिति आएको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहालको अस्थिर चरित्रमा कुनैपनि दलले विश्वास गर्न नसकेपछि नेकपा एमाले र नेपाली काँग्रेस मिलेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘व्यक्ति र दलको इच्छाले मात्रै पनि नहुने रहेछ । खास गरीकन अहिलेको यो परिस्थिति बनेको यसको सम्पूर्ण कारण भनेको अहिलेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारणले हो । अहिले नयाँ गठबन्धन बनिसकेपछि नेपाली काँग्रेसको हामी सबैलाई नयाँ गठबन्धन बन्ने चाहना थियो होला, कसैलाई थिएन होला । मेरो चाहना प्रतिपक्षमा रहँदा नै उपयुक्त हुन्छ भन्ने थियो । अरु कसैको चाहना सरकार नयाँ बदलाँै भन्ने थियो होला । तर सरकार बनेको दुई चार महिना हुँदा नहुँदै अर्को गठबन्धन बन्थ्यो । बन्दैन थियो । प्रचण्डको यति धेरै अस्थिर चरित्र, व्यवहार नभएको भए । अहिले एमालेसँग सरकारमा गइसकेपछि पनि फेरि नयाँ खालको लसपस गर्नका लागि हातखुट्टा पसार्न थालिसकेपछि हो । अहिलेको दुर्घटना निम्त्याएको उहाँकै कारणले हो । त्यसैले यो कसैको कारणले गर्दा बनेको पनि होइन । कसैलाई यसले भत्काएको पनि होइन । नेपालको राजनीतिमा प्रचण्ड यति धेरै अस्थिर हुनुभयो की उहाँसँग कसैको विश्वास रहेन । त्यो कारणले गर्दा अहिलेको परिस्थिति सिर्जना भयो ।’

महामन्त्री थापाले नेपालको राजनीतिमा दाहाललाई विश्वास गर्न नै कठिन भएको बताउनु भयो ।