२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्रीले राजस्व हिनामिना गर्नुभयो, तत्काल संसदीय समिति गठन गरी छानविन गरियोस्ः गुरुप्रसाद बराल खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले सिरहाका किसान चिन्तित बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ? ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत गृहमन्त्री पुनः नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति, सुशासनमाथि प्रश्न प्रदेश र स्थानीय सरकारलाई पुँजीगत खर्चको १ प्रतिशत विज्ञान तथा नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तबला वादक उस्ताद जाकिर हुसैनको निधन



अ+ अ-

एजेन्सी । विश्व प्रसिद्ध तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ ।

उनको परिवारले सोमबार बिहान यसको पुष्टि गरेको हो । परिवारका अनुसार हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए ।

परिवारका अनुसार उनी पछिल्लो दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना थिए । उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनले त्यहीँ अन्तिम सास फेरे ।

जाकिरको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उस्ताद जाकिर हुसेनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषण सम्मानित गरिएको थियो ।

जाकिर हुसेनले तीनवटा ग्रामी अवार्ड पनि पाएका थिए । उनको बुबाको नाम उस्ताद अल्लाह राखा कुरैशी र आमाको नाम बीवी बेगम थियो । जाकिरका पिता अल्लाह राखा पनि तबला वादक थिए । जाकिर हुसैनले आफ्नो प्रारम्भिक शिक्षा मुम्बईको माहिमको सेन्ट माइकल स्कूलबाट गरेका थिए ।

जाकिरले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गरेका थिए । सन् १९७३ मा उनले आफ्नो पहिलो एल्बम ‘लिभिङ इन द मटेरियल वर्ल्ड’ सार्वजनिक गरे ।

जाकिरमा सानैदेखि धुन बजाउने प्रतिभा थियो । कुनै पनि समतल ठाउँ देखेपछि उनी औँलाले धुन बजाउन थाल्दथे । उनले भान्साकोठामा प्यान, भाँडो र थाली जे पाउँथे त्यसलाई बजाउन थाल्थे ।

सुरुका दिनहरूमा जाकिर रेलमा यात्रा गर्थे । पैसाको अभावमा उनी जनरल कोचमा चढ्ने गर्थे । सिट नभेटिएमा भुइँमा अखबार फैलाएर सुत्ने गर्थे । यस अवधिमा तबलालाई कसैको खुट्टा नछोस् भनेर उनी काखमा राखेर सुत्ने गर्थे ।

 




भर्खरै