१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद

ओमिक्रोन कोभिड : कोरोना भाइरसको यो नयाँ भेरिअन्टबाट हुने सङ्क्रमण कसरी पत्ता लाग्छ ?

ओमिक्रोन कोभिड : कोरोना भाइरसको यो नयाँ भेरिअन्टबाट हुने सङ्क्रमण कसरी पत्ता लाग्छ ?
अ अ+ अ-

दर्जनौँ देशमा कोरोनाभाइरसको यो नयाँ प्रकार फैलिसकेको छ।

तीमध्ये धेरै देशले यात्रामा प्रतिबन्ध लागु वा कडाइ गर्दै यसको सम्भावित प्रकोपबाट सुरक्षित रहने प्रयास थालेका छन्।

ओमिक्रोन पत्ता लगाउन कुन परीक्षण गरिन्छ ?

सामान्यतया पीसीआर परीक्षणका लागि लिइएको नाक तथा घाँटीको स्वाब विश्लेषणका लागि प्रयोगशाला पठाइन्छ। पीसीआर विधिले मानिसमा कोरोनाभाइरस सङ्क्रमण छ कि छैन भनेर हेर्छ।

प्रयोगशालाअनुसार केहीले कोरोनाभाइरसको निश्चित भेरिअन्ट ( जस्तै, डेल्टा वा ओमिक्रोन) पनि किटान गर्न सक्छन्।

केही प्रयोगशालामा मात्र भेरिअन्ट पहिचान गर्न आवश्यक प्रविधि हुन्छ।

ओमिक्रोन विश्वभरि फैलिएको कसरी थाहा हुन्छ ?

ओमिक्रोनको आशङ्का गरिएको र नतिजामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको पीसीआर परीक्षणको स्वाब ‘जीनोम सीक्वन्सिङ’ भनिने पूर्ण आनुवंशिक विश्लेषणका लागि प्रयोगशालामा पठाइन्छ।

यसरी गरिएको परीक्षणले केही मानिसहरू वास्तवमै यो नयाँ भेरिअन्टबाट सङ्क्रमित रहेको पुष्टि गरेको छ। भाइरसको आनुवंशिक तत्त्वको प्रयोगशालामा गरिने यस्ता विश्लेषणहरू नयाँ भेरिअन्ट पत्ता लगाउन र तिनले कस्तो व्यवहार गर्छन् भन्ने पहिल्याउन महत्त्वपूर्ण हुन्छन्।

यस्तो परीक्षण गर्न दुई साताजति लाग्ने भएकाले ओमिक्रोनबाट भएका धेरै सङ्क्रमणहरू पहिचान भएका छैनन्।

के आरडीटी विधिले ओमिक्रोन पत्ता लगाउँछ ?

घरमै गर्न सकिने आरडीटी विधिको परीक्षणले कुन भेरिअन्टको सङ्क्रमण छ भन्ने किटान गर्दैन।

तर सङ्क्रमण छ वा छैन पहिल्याउन यो विधिलाई प्रभावकारी मानिन्छ।

के हुन् ओमिक्रोनबाट सङ्क्रमण हुँदाका लक्षणहरू ?

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमण हुँदा देखिने लक्षणहरू अन्य भेरिअन्टको सन्दर्भमा भन्दा फरक नभएको जानकारी उपलब्ध नभएको जनाएको छ।

यद्यपि खोकी र ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु यो भेरिअन्टसँग सम्बन्धित लक्षण हुन सक्छन्।

केही देशमा पूर्ण खोप लगाएका मानिसमा पनि ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। उनीहरूमा देखिएका लक्षणहरू सामान्य छन्।

सुरुमा दक्षिण अफ्रिकाका अस्पतालहरूमा जटिल लक्षणसहित धेरै वयस्क व्यक्तिहरू भर्ना भएका थिए। तीमध्ये अधिकांश खोप नलगाएका वा खोपको एक मात्रा मात्र लगाएका मानिस थिए।

यसले के सङ्केत गर्छ भने पूर्ण मात्रामा खोप लगाउनु र अतिरिक्त ‘बूस्टर’ मात्रा लगाउँदा नयाँ वा उस्तै भेरिअन्टहरूले निम्त्याउने समस्याबाट जोगिन सकिन्छ।

ओमिक्रोन र अन्य भेरिअन्टबीच कस्तो भिन्नता छ ?

ओमिक्रोन भेरिअन्टमा अहिलेसम्म नदेखिएका र अन्य भेरिअन्टमा भएका उत्परिवर्तनहरू देखिएका छन्। तीमध्ये अधिकांश उत्परिवर्तनहरू भाइरसको सतहमा देखिने स्पाइक प्रोटीनमा छन्।

अहिले उपलब्ध खोपहरूले स्पाइक प्रोटीनलाई नै लक्षित गर्छन् र अहिलेको मुख्य चुनौती यही हो।

विशिष्टीकृत परीक्षणहरूमा ओमिक्रोनमा ‘एस–जीन ड्रपआउट’ भनिने आनुवंशिक जानकारी भेटियो जसले यो भेरिअन्ट पत्ता लगाउन सहज हुने देखियो।

तर सबै एस–जीन ड्रपआउट भाइरस ओमिक्रोन हुँदैनन्। ओमिक्रोन निर्क्योल गर्न जीन सीक्वन्सिङ नै गर्नुपर्छ।

जीन सीक्वन्सिङको भूमिका के हो ?

भाइरसको आनुवंशिक संरचना भेरिअन्ट पत्ता लगाउनका लागि महत्त्वपूर्ण छ।

आनुवंशिक तत्त्वको सूक्ष्म निरीक्षण गरेर वैज्ञानिकहरूले कुनै व्यक्तिमा ओमिक्रोनको सङ्क्रमण छ वा विद्यमान र तीव्र गतिमा फैलिएको डेल्टा भेरिअन्टको सङ्क्रमण छ भन्ने पहिल्याउन सक्छन्।

यो प्रक्रियाले विश्लेषण गरिएको स्वाबका बारे मात्र जानकारी दिन्छ। तर प्राप्त परिणामका आधारमा वैज्ञानिकहरूले नयाँ सङ्क्रमणको कति अनुपात नयाँ भेरिअन्ट हुन सक्छ भन्ने आकलन गर्छन्।

बेलायत र दक्षिण अफ्रिकाका वैज्ञानिकहरू यो प्रविधि प्रयोग गर्ने मामिलामा अग्रपङ्क्तिमा छन्।

त्यसैले यी देशमा धेरै सङ्क्रमितमा ओमिक्रोन पुष्टि भएको छ। तर यो नयाँ भेरिअन्ट त्यहीँ उत्पत्ति भएको सङ्केत भने होइन।

ओमिक्रोनबारे हामीलाई के थाहा छ ?

यस भेरिअन्टले कस्तो व्यवहार गर्छ र कति जोखिमपूर्ण छ भन्नेबारे निकै कम जानकारी छ।

यो भेरिअन्ट कति सजिलै फैलिन्छ वा अन्य भेरिअन्टको तुलनामा यसले मानिसहरूलाई थप बिरामी बनाउँछ वा पहिले सोचिएकोभन्दा खोपको असर कम हुन्छ भन्नेबारे अन्योल कायम नै छ।

झट्ट हेर्दा यो चिन्ताजनक नै देखिन्छ र देशहरूले पनि अप्रिय परिस्थिति नआओस् भनेर चाँडै प्रतिक्रिया जनाइरहेका छन्।
साभार : बिबिसी